तिलोत्तमामा एमालेको नेतृत्व सर्वसम्मत

डिसी नेपाल
१० कार्तिक २०७८ २०:५३

काठमाडौँ ।तिलोत्तमा नगर कमिटीको नेतृत्व एमालेले सर्वसम्मत टुंग्याएको छ । नगर कमिटीको प्रथम अधिवेशनमा चार जनाले अध्यक्षमा उम्मेदवारी दिएकामा आपसी सहमतिमा तामनाथ पाण्डेय अध्यक्ष चुनिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका नेत्र वनलाई उपाध्यक्ष र अर्का प्रत्यासी मीनप्रसाद पोखरेललाई सचिवमा चयन गरिएको छ । अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र श्रीले अन्तिम समयमा दाबी छाडेपछि पाण्डे सर्वसम्मत भएका हुन् ।

त्यस्तै, उपसचिवमा भने गंगा गुरुङ र गणेश उपाध्यायलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका प्रत्यासी बनेका सुरेन्द्र श्रीलाई जिल्ला कमिटीमा लैजाने गरी सहमति जुटाइएको बताइएको छ । उनी तिलोत्तमा नगरपालिकाका प्रवक्तासमेत हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *