विवाहको कुनै योजना छैन

डिसी नेपाल
१० कार्तिक २०७८ २३:००

काठमाडौँ ।केही समय यता बलिउडमा कट्रिना कैफ र विक्की कौशल प्रेममा रहेको खबर मिडियामा आएको छ ।

भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् । उनले कुरा गर्दै गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताएकी छिन् । “मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,” उनले कुराकानीको क्रममा भनेकी छिन्, “अहिले नै विवाहको कुनै योजना छैन।”

गतराती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *