चिडियाखानामा राखिएको गोही सम्भोगको चाहनाले पागल भएपछि…

डिसी नेपाल
१३ कार्तिक २०७८ १६:३३

काठमाडौं। अस्ट्रेलियाको एक चिडियाघरमा अत्यन्तै आक्रामक र कामुक घडियाल गोहीलाई नियन्त्रण गर्नै जू–किपरहरुलाई निकै संघर्ष गर्नुपरेको छ । यो खतरनाक घडियाललाई नियन्त्रणमा लिन एकसाथ १२ जना जू–किपरहरु जुटेका थिए । यो घडियालले अन्य जनावरहरुमाथि आक्रमण गरिरहेको थियो । त्यसैले यो घडियाललाईै चिडियाखानामै बनाइएको जेलमा हालिएको थियो ।

अब यो घडियालले शान्त हुँदासम्म केही महिना अन्य जनावरहरुभन्दा टाढा यही जेलमा बिताउनुपर्नेछ । डेलिमेलका अनुसार यो घडियान निकै कामुक र आक्रामक छ । यो घडियालको नाम कान्ये हो । यसको तौल साढे ३ सय किलोभन्दा धेरै र लम्बाइ करिब ४ मिटर छ । रिपोर्टका अनुसार यो घडियाललाई अस्ट्रेलियन रेप्टाइल पार्कमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *