धार्मिक स्थलको अगाडि अश्लील हर्कत गर्दा जोडीलाई नै जेलमा हालियो

डिसी नेपाल
१४ कार्तिक २०७८ १६:४३

काठमाडौं। ताजिकिस्तानका अनलाइन प्रयांक स्टार रुस्लान मुरोद्झोंजोटा र उनकी गर्लफ्रेण्डलाई रुसमा धार्मिक स्थलको अगाडी अश्लील हर्कत गरेको आरोपमा जेलमा हालिएको छ । उनीहरुलाई १० महिनाको लागि जेलमा हालिएको छ । रुस्लान मुरोद्झोंजोडा सामाजिक संजालमा रुस्लान बोबियेभ नामबाट परिचित छन् । उनले रेड स्क्वायरमा सेन्ट बेसिल चर्चअगाडि अश्लील प्रयांक भिडियो बनाएका थिए । यस क्रममा उनकी गर्लफ्रेण्डले पुलिस ज्याकेट लगाएकी थिइन् ।

धार्मिक भावनालाई आहत गरेको अभियोगमा उनीहरु दुवैलाई पक्राउ गरेको थियो । अदालतले उनीहरुलाई १० महिनाको जेल सजाय सुनाएको हो । विश्वप्रसिद्ध गिर्जाघरको अगाडि रुस्लानकी प्रेमिका अनास्तासिया चिस्तोभाले घुडा टेकेर एक्ट गरेको नाटक गरिरहेकी थिइन् । यो मामिलामा मस्कोको टावर्सकोइ जिल्ला अदालतले दुवैलाई इन्स्टाग्राममा माफी माग्नुका बावजुद धार्मिक भावनालाई ठेस पुर्याएको दोषी मानेको छ ।

सजाय पूरा भएपछि रुस्लानलाई ताजिकिस्तान निर्वासित गरिनेछ । एक बयानमा अदालतले रुस्लान र चिस्तोभाको कार्यले समाजप्रति स्पष्ट अनादर देखाएको टिप्पणी गरेको छ । रुस्लान अनलाइन प्रयांक स्टारको रुपमा चिनिन्छन् । उनकी १९ वर्षकी प्रेमिका इन्स्टाग्राम मोडल हुन् । सजाय पाउनुभन्दा पहिले चिस्तोभाले इन्स्टाग्राममा एक पोस्टमा माफी माग्दै मानिसहरुले यसलाई मन पराउने छैनन् र भावना आहत हुन्छन् भन्ने आफूहरुले नसोचेको बताएकी थियन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *