८ वर्ष पर्खिंदा पनि प्रेमीले खुसी पार्न नसकेपछि युवतीले अदालतमा मुद्दा हालिदिइन्

डिसी नेपाल
१५ कार्तिक २०७८ ११:४०

काठमाडौं। एक युवतीले ८ वर्षसम्म सम्बन्धमा रहँदा पनि आफ्ना प्रेमीले आफूलाई खुसी बनाउन नसकेको भन्दै अदालतमा मुद्दा हालिदिएकी छिन् । ८ वर्षको सम्बन्धका क्रममा प्रेमीले एक पटक पनि प्रजोज नगरेपछि ती युवती यतिसम्म रिसाइन् कि उनले प्रेमीलाई अदालतमा लैजाने फैसला गरिन् ।

जाम्बियाकी २६ वर्षकी गर्टु्रमा नगोमा र २८ वर्षका हर्बर्ट सालालिकी लगभग १ दशकदेखि एक अर्कालाई डेट गरिरहेका थिए । यहाँसम्म कि यी दुईको एउटा बच्चा पनि जन्मिइसकेका छन् । तर यस क्रममा बच्चाको लालनपालनका क्रममा हर्बर्टले पनि प्रस्ताव गरेका प्रतिबद्धताहरु पूरा गरेनन् र उनीहरुको सम्बन्धमा चिसोपना आयो ।

प्रेमीको प्रतिबद्धतामा कमी आएको र जिम्मेवारीको बोझ बढेपछि निराश भएकी महिला गर्टु्रडले आफ्ना प्रेमीलाई अदालत लैजाने निर्णय गरिन् । महिलाले आफ्नो समय बर्बाद गरिदिएको आरोप लगाउँदै प्रेमीमाथि मुद्दा दायर गरिदिइन् । युवतीले अदालतमा आफूले प्रतिक्षा गरिरहेको तर प्रेमी आफूलाई खुसी पार्न विफल रहेको आरोप लगाएकी छिन् ।

स्थानीय समाचार वेबसाइट टुकोका अनुसार गर्टु्रडले उनको बच्चाका पिता अब उनीसँग सम्बन्धका विषयमा पनि गम्भीर नभएको महसुस गरिन् । महिलाका अनुसार उनले प्रेमीलाई जाम्बियाको परम्परा अनुसार दाइजो पनि दिएकी थिइन् तर उनका प्रेमीले उनको लागि इंगेजमेन्टको औंठीसम्म किनेनन् । महिलाले भनिन् ‘उनी कहिल्यै सम्बन्धलाई लिएर गम्भीर भएनन् त्यसैले मैले उनलाई अदालतमा उभ्याएँ ताकि म अगाडिको बाटो र भविष्य तय गर्न गर्न सकुँ । म यसको हकदार छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *