१९ वर्षमा जागिर सुरु गरेकी युवती २१ वर्षमा रिटायर, मासिक ८५ लाख कमाउँछिन्

डिसी नेपाल
१६ कार्तिक २०७८ १३:५५

काठमाडौं। एक युवतीले २१ वर्षको उमेरमै जागिर छोडेर रिटायर भएको बताएकी छिन् । रिटायर भएपछि उनले यस्तो व्यवसाय सुरु गरिन् कि अहिले उनी लाखौं रुपैयाँ कमाउँछिन् ।यी युवतीको नाम लिली जारेम्बा हो । उनले टिकटकमा आफ्नो सफलताको कथा शेयर गरेकी छिन् ।

द सनको रिपोर्टअनुसार मध्यम वर्गीय परिवारकी २१ वर्षकी लिली जारेम्बाले युनिभर्सिटीको पढाइ छोडेर जागिर गर्न थालेकी थिइन् । लिलीले १९ वर्षको उमेरमा एक रेष्टुरेन्टमा काम गरिन् । त्यहाँ उनले सरसफाइ पनि गर्नु पर्थ्यो । तर, छिटै लिली जागिरबाट थाकिन् र उनले जागिर छोड्ने निर्णय गरिन् । यही क्रममा लिलीले वित्तिय शिक्षा दिने कम्पनीबारे थाहा पाइन् ।

लिलीले यो कम्पनीबाट लगानीको स्मार्ट तरिका सिकिन् । यो तरिकाले अगाडि उनको जीवन बदलिदियो । लिलीले जागिर गर्दागर्दै उक्त कम्पनीबाट लगानी गर्ने तरिकाबारे विस्तारमा सिकिन् । जब यो कोर्स पूरा भयो त्यसपछि उनले जागिर छोडिन् । त्यसपछि लिलीले स्टक, क्रिप्टो बजार र आर्टिफिशियल इन्टेलिजेन्स आदिमा लगानी गरिन् । यस क्रममा उनले अरुलाई लगानी गर्ने तरिका सिकाएर पनि धेरै पैसा कमाइन् ।

विस्तारै यसलाई उनले आफ्नो व्यवसाय बनाइन् र अहिले केवल कमिशनकै भरमा उनी सुविधासम्पन्न जीवन बाँचिरहेकी छिन् । लिली मानिसहरुलाई लगानीको टिप्स दिएको बदलामा पैसा लिन्छिन् । साथमा उनी आफ्नो पैसा पनि लगानी गर्छिन् र नेटवर्क मार्केटिङ गर्छिन् । लिली अहिले महिनामा ५२ हजार पाउण्ड अर्थात ८५ लाख रुपैयाँसम्म कमाउँछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *