कुकुर तिहारमा सेना र प्रहरीले गरे कुकुर पूजा (फोटोफिचर)

डिसी नेपाल
१७ कार्तिक २०७८ १७:५१
64
Shares

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । यस अवसरमा नेपाली सेना र नेपाल प्रहरीका कुकुरको कला प्रदर्शनी गरिएको छ ।

भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि तालिम प्राप्त सैनिक कुकुरले विभिन्न कला प्रदर्शन गरे ।विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।

यस्तै महाराजञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी बुधबार कुकुर पूजा गरिएको हो । कुकुर पूजासहित कुकुरका कलासमेत प्रदर्शन गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *