भाइटीकाको बेला रेणु दहालले केपी ओलीसँगै भाइ प्रकाशको मृत्यु सम्झँदा

विजयप्रसाद मिश्र
१७ कार्तिक २०७८ २१:०१

सबै दाजुभाइ दिदी बहिनी भाइटिका लगाउनका लागि कहाँ भेटिने भनेर टेलिफोन, मोवाइल, फेसबुक, भाइबरमा कुरा गरिरहँदा भरतपुर महानगरपालिकाकी प्रमुख तथा पुष्पकमल दहाल प्रचण्डकी छोरी रेणु दहालले आफ्नो भाइ प्रकाश दहाललाई पनि सम्झेकी छन् ।

अरु सबैले आफ्ना दाजुभाइलाई टिका लगाउन सम्झिए पनि रेणुले आफ्नो मृत्यु भइसकेको भाइ प्रकाश दहाललाई राजनीतिक रुपमा सम्झना गरेकी छिन् । त्यो पनि अहिले उनका बुबा प्रचण्डसँग राजनीतिक रुपमा सवालजवाफ गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भाइ प्रकाशको मृत्युको घटनासँग जोडेर सामाजिक सञ्जालमा प्रश्न उठाएकी छिन् ।

प्रकाश दहालको मृत्यु हृदयघातका कारणले भएको बताएपनि धेरै किसिमको आशंका त्यसबेला गरिएको थियो । सामान्य ज्वरो आएर आमाले दिएको जाउली खाएर सुतेका प्रकाशले आफ्नो सुत्ने कोठाको चुक्कुल भित्रबाट लगाएका थिएनन् ।

प्रकाश दहालको मृत्यु हृदयघातका कारणले भएको बताएपनि धेरै किसिमको आशंका त्यसबेला गरिएको थियो । सामान्य ज्वरो आएर आमाले दिएको जाउली खाएर सुतेका प्रकाशले आफ्नो सुत्ने कोठाको चुक्कुल भित्रबाट लगाएका थिएनन् । आफ्नो सुत्ने कोठाको चुक्कुल नलगाएकैले आमाले विहान करिब पाँच बजे छोरालाई उठाउँदा चटपट नगरेकोले हत्तपत्त नर्भिक अस्पताल लगिएको थियो । तर डाक्टरहरुले शुरुमा उनको परिवारिक सल्लाह विना मृत्युको कारण सार्वजनिक गर्न समेत मानेनन् । परिवारिक सहमति लिएर मात्र उनको हृदयघातबाट मृत्यु भएको डाक्टरहरुले निर्णय गरेका थिए ।

मृत्युको कारण पनि डाक्टरहरुले परिवारलाई सोधेर गर्नुको कारण के हो ? यहीबाट मृत्यु कि हत्या भन्ने आशंका आम शुभचिन्तकहरुमा उठन शुरु गरेको हो । प्रकाशको मृत्यु भएको लाजिम्पाट स्थित घर सुमार्गीले उनको आफन्तको नाममा बनाएको घर हो भन्ने जानकारी एउटा अन्तर्वार्ता मै स्वयं प्रचण्डले दिइसकेका छन् । जे होस सुमार्गीले बनाइदिएको उक्त घर प्रकाशको च्वाइस अनुसारको डिजाइनमा बनाइएको थियो ।

त्यसको सजावट, बहुमुल्य सामग्री रकमपाती राख्ने स्थानहरु गोप्य हुनेगरी नै बनाइएको छ । उक्त घरमा सर्ने बेलामा प्रकाश स्वयंले आफू सधैँ चढ्ने गाडीमा दिनमा छ पटक गरी दुई दिनमा १२ पटक आफैले ड्राइभ गरेर केही महत्वपूर्ण सामग्रीहरु ओसारेका थिए । ती सामान के के थिए त्यो उनका नियमित सवारी चालकलाई समेत थाहा हुन सकेन ।

किनकी त्यो सार्नेबेलामा चालकलाई दुई दिन अनाउनु भनेर विदा दिइएको थियो । यसमा सहजै अनुमान लगाउन सकिन्छ कि केही यस्ता कुरा थिए जुन गोप्य थियो । त्यो पनि १२ पटक लगाएर सार्नु परेको थियो । यति कुरा गर्दा धेरैको मनमा त्यो सामाग्री नभएर पैसा राखिएको बोरा वा पेटी सारिएको हुनसक्छ भन्ने लाग्छ । वा महत्वपूर्ण धातु वा अन्य त्यस्तै केही त पक्कै थियो । तर के थियो त्यो उनीहरुको परिवारमा थाहा हुन सक्दछ । हामीले अनुमानका भरमा केही भन्न सक्ने स्थिति छैन ।

ती चालक जसलाई सामान सारुन्जेल जानकारी नगराउँदा खुल्दुली त पक्कै लाग्यो होला । वा उनले दशै तिहारमा घर जाँदा आफन्त साथीभाई वा आफ्ने दाजु वा भाइलाई त पक्कै सुनाएका होलान । यो यहाँ किन भनिरहेको छु भने केही मिडियाले प्रकाशको मृत्युको बेला उनको शरिरमा चोटपटक लागेको उल्लेख गरेका छन् । ती मिडियाले भनेजस्तै चोटपटक लागेको हो भने कसले गरे त ? यसको विश्लेषण गर्नआवश्यक हुन्छ ।

काठमाडौंको बत्तिसपुतलीमा घटेको एउटा घटना छ । जुन घटनामा अमेरिकाबाट विवाह गर्न नेपाल आएका एकजना व्यक्ति आफ्नो विवाह कुनै घरमा फ्ल्याट भाडामा लिएर पुरा गरेका हुन्छन् । उनको विवाहमा प्रयोग भएका गहनाहरु करिब एक सय तोला बराबरको थियो । त्यो सुनमा लुटेराहरुको आँखा परेको थियो ।आफू बसेको फ्ल्याटको गेटमा ताल्चा, भित्र कोठामा ताल्चा, दराजमा ताल्चा र त्यसभित्रको सेफमा पनि ताल्चा गरेर चार चार ठाउँमा ताल्चा लगाएर बसेको घरको दुई मिनटको दुरीमा दिउँसो लन्च खाने निम्तो मान्न गएका बखत करिब दुई घण्टापछि फर्किएर आउँदा दिउसै घरमा सबै ताल्चा तोडेर चोरी भइसकेको थियो ।

त्यो पनि दिउँसै । तत्काल प्रहरीलाई खबर गरियो । आधा घण्टा भित्र प्रहरी पनि घटना स्थल पुग्यो । त्यतिखेर प्रहरीले त चोर पक्रिन सकेन । तर प्रहरीले दिएको जवाफ यस्तो थियो, ‘ दुईघण्टा भित्र यस्तो गर्नसक्ने ग्याङ्ग ठूलो रहेछ, धन्न तपाईहरु घरमा हुनुहुन्थेन । घरमा भएको भए हत्या गरेर पनि लान सक्थे ।’ आफ्नो सुन चोरी भएकोमा भन्दा पनि नवविवाहित जोडीलाई ज्यान जोगिएकोमा खुसी हुनु भन्ने खालको सन्देश प्रहरीले दिएको घटना रोचक नै देखिएपनि यो नेपालको बाध्यता पनि हो ।

कतै त्यस्तै कुनै अनहोनी त प्रकाशमाथी भएन ? लुटेराहरुले लुटेको पनि हुन सक्दछ । त्यसैले चोट देखिएको होकी भन्ने अनुमान गर्न सकिन्छ । भगवानले गरुन यस्तो भएको नहोस । तर कसैको कालो धन कसैले लगिदिएमा दावी गर्न अप्ठेरो हुन्छ । कानुनी झमेला पर्दछ । प्रहरीले पोष्टमार्टम गर्न लगाएको भए चोटको बारेमा पनि सूचना सार्वजनिक हुने थियो । तर परिवारले त्यो गर्न मानेन भनेपछि यो परिवारको अधिकार हो । हामीले पनि परिवारले हृदयघातबाट मृत्यु भएको भनेपछि त्यसलाई नै स्वीकार गर्नु पर्दछ । डाक्टरले पनि त्यही भनिसकेका छन् । परिवारको मानिसको टाउको दुखेको छैन भने हामीले बढी टाउको दुखाउने कुरा पनि भएन ।

तर एउटा कुरा त त्यसबेलादेखि नै उठेको थियो कि प्रकाश दहाल चितवनबाट फर्किएपछि नयाँ बानेश्वरको कुनै रेष्टुरेन्टमा साँझ मम खाएर घर लाजिम्पाट गएका थिए रे । के त्यो सत्य हो ? मम दिने बेलामा कोको थियो ? अरु को को थिए ? घरमा जाँदा सँगै कोको गएका थिए ? प्रहरीहरु सुरक्षाका लागि थिए होलान ? उनीहरुको को को थिए ? कतिबजेसम्म कसकसको आऊजाऊ भएको थियो । चुनावको सरगर्मी थियो । आखिर प्रकाशका पछि पछि कोही त पक्कै थिए । यसबारेमा परिवार जनले खोजेकै हुनुपर्दछ ।

काठमाडौंमा प्रकाशको मृत्यु हुँदा उनका बुबा प्रचण्ड झापामा थिए । प्रचण्ड आएपछि शुरुमा सबै सुरक्षा प्रमुखहरुसँग भेटेर मात्र छोरालाई हेर्न गएका थिए भनेर आएको समाचारलाई हामीले कसरी विश्लेषण गर्ने ? पहिले छोरालाई हेर्न जानुपर्नेमा सुरक्षा निकायका प्रमुखहरुसँग पहिले संयुक्त रुपमा भेटेको भनेपछि यसमा कतै विदेशी शक्तिको कुनै डिजाइन छ कि भन्ने आशंका बढेर गएको छ ।

दरबार हत्याकाण्ड र मदन भण्डारी हत्या काण्डमा तै चुप मै चुप भएजस्तै प्रकाशका बुबा प्रचण्ड समेत चुप लाग्नु पर्ने गरी कसले गरेको थियो हिम्मत ? यसको खोजी सायद प्रचण्डले गरिरहेका होलान । यदि विदेशी शक्तिको षडयन्त्र हो भने तीन करोड नेपालीहरु प्रचण्डको साथमा रहने छन् ।

जस्तो दरबार हत्याकाण्ड र मदन भण्डारी हत्या काण्डमा तै चुप मै चुप भएजस्तै प्रकाशका बुबा प्रचण्ड समेत चुप लाग्नु पर्ने गरी कसले गरेको थियो हिम्मत ? यसको खोजी सायद प्रचण्डले गरिरहेका होलान । यदि विदेशी शक्तिको षडयन्त्र हो भने तीन करोड नेपालीहरु प्रचण्डको साथमा रहने छन् । तर त्यसका लागि नागरिकसँग उनले सहयोग माग्नु पर्ने हो । त्यो पनि नमागेर हृदयघातलाई नै मृत्युको आधार मानेकाले हामीले के नै भन्न सक्छौं र ?

हुन त प्रकाश मृत्यु हुनुभन्दा एक दिन अघिसम्म बुबासँग चितवनमा निर्वाचनको प्रचार प्रसार गर्न दिन रात खटिरहेका थिए । चितवनबाट प्रचण्ड सोझै झापामा केपी ओलीको चुनाव प्रचारको लागि गएका थिए । बुबा झापा लागेपछि प्रचण्ड काठमाडौं आएका हुन । सधै बुबासँगै स्वकिय सचिब जस्तै भएर हिड्ने प्रकाश झापा किन गएनन् ? वा उनलाई कसैले झापा जाउँ भनेकी भनेनन् ? वा बुवा प्रचण्डले कुनै महत्वपूर्ण काम लगाएर पठाएका थिएकी ? त्यो त उनीहरुलाई नै बढी थाहा हुन्छ ।

यहाँ यत्तिकै भन्न सकिन्छ चुनावका लागि चाहिएको थप रकमको जोहो गर्न छोरालाई काठमाडौं पठाइएको हुन सक्दछ । ठूलठूला लुटेराहरु पैसा धेरै खेलाउनेहरुको पिछा गरिरहेकै हुन्छन् । त्यसैले प्रचण्डले आफ्नै बुवासँगै झापा नगएकै कारण उनको मृत्यु भएको थियो भन्न सकिन्छ । यदि उनी बुबासँगै वा केपीओली सँगै झापा गइदिएको भए झापामा उनको राम्रो खातेदारी हुने थियो । पूर्वप्रधानमन्त्रीहरु सँगै हिडदा उपचारको समेत चिन्ता हुने थिएन ।

समग्रमा भन्दा प्रचण्डले छोरालाई सँगै नलानु पनि उनको भुल थियो । किनकी छोराको बानी उनलाई थाहा थियो । एक्लै परेपछि, वा रात परेपछि के के कुरामा लत बसेको थियो भन्ने कुरा त अरुलाई भन्दा बुबा आमा दिदी वा परिवारका सदस्यहरुलाई नै थाहा हुन्छ । त्यसैले यसमा केपी ओलीले प्रकाशलाई झापा नबोलाउनुमा उनको दोष हुनसक्दछ । वा बुबा प्रचण्डले सँगै नलानुमा उनको दोस हुनसक्दछ । अझ जीवन साथी वा प्रकाशको श्रीमती समेत निर्वाचनमा व्यस्त भएको बेला घरमा एक्लै परेकाले विरामी श्रीमानलाई ख्याल नगर्नु अर्को भूल पनि हुन सक्दछ ।

परिवारको सबैजना राजनीति गर्ने भएपछि पनि यस्तो भएको हुन सक्दछ । ससुरा पनि निर्वाचन उठ्ने, बुहारी पनि निर्वाचन उठ्ने ? अनि स्याहार कसले गरिदिन्छ । स्याहार, रेखदेख गरिदिने मानिसको व्यवस्थापन नगरेकोले पनि यो घटना भएको हो भन्न सकिन्छ ।

परिवारको सबैजना राजनीति गर्ने भएपछि पनि यस्तो भएको हुन सक्दछ । ससुरा पनि निर्वाचन उठ्ने, बुहारी पनि निर्वाचन उठ्ने ? अनि स्याहार कसले गरिदिन्छ । स्याहार, रेखदेख गरिदिने मानिसको व्यवस्थापन नगरेकोले पनि यो घटना भएको हो भन्न सकिन्छ ।

त्यसैगरी घरमा धेरै कुरा गोप्य राख्नु पर्ने भएकोले साथी, मित्रहरुलाई सँगै राख्ने, घरमा प्रवेश गराउने वा सुरक्षाका कर्मचारीहरुलाई समेत भित्रसम्म प्रवेश दिने बानी नभएकोले पनि प्रकाशन अवस्था राती ११ बजेदेखि विहान ५ बजेसम्म हुँदा पनि कसैले थाहा नपाएको हुन सक्दछ । श्रीमतीले रानी सन्चो विसन्चो सोध्नु पर्दछ । एक सातादेखि नै प्रकाशले फेसबुकको आफ्नो फोटो किन श्याम स्वेत बनाए ? यसको बारेमा श्रीमती, बुबा वा दिदीले चाँसो लिनु पर्ने हो ? उनका नजिकका मित्रहरुले पनि चाँसो लिनु पर्ने हो ? कसैले पहिलेदेखि योजना बनाएरै उनको पासपोर्ट थाहा पाएर श्याम स्वेत बनाइदिएका हुन कि उनी आफैले कुनै उद्देश्य लक्ष्य लिएर यसो गरेका हुन त्यसबारेमा कसैले केही भनेको पाइदैन । त्यसैले एकसाता अघिदेखि नै प्रकाश टेन्शनमा थिए कि ? चुनावमा ह्वार ह्वारती खर्चले गर्दा पनि अत्तालिएका थिए कि ? वा अन्य कुनै धम्की वा कसैले कुनै थ्रेटका बारेमा केही भनिरहेका थिए कि ?

किनकी पूर्वराजा ज्ञानेन्द्रका छोरा पारसलाई विदेशमा हृदयघात हुँदा हतार गरेर प्रकाशले श्रद्धान्जली दिएका थिए । प्रकाशको फेसबुकमा पारसलाई श्रद्धान्जली दिएको भएपनि उनी अहिले पनि स्वस्थ्य छन् तर प्रकाशको स्वर्गबास भएको छ । यसको कनेक्सन कतैबाट भेटिन्छ कि त्यसको खोजी पनि दिदी रेणुले गर्नुपर्ने आवश्यक छ ।

माथी धेरै तरिकाले प्रकाशको मृत्युको विश्लेषण गरिरहँदा उनका दिदी रेणुले तिहारको बेलामा या भाइटिकाको बेलामा आफ्नो भाइको मृत्युको घटना संझना गर्दा केपी ओलीलाई यसमा मुछेकी छिन् ।

प्रकाशका दिदी भरतपुर नगरपालिकाकी प्रमुख रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीकै सहयोगमा दुईपटक प्रधानमन्त्री बनेको बताएकी छिन् । यतिसम्म त ठीकै हो । माओवादीकै आर्शिवादले प्रधानमन्त्री बन्ने कोरम केपी ओलीको पुगेको पनि हो । रेणुको बुबाले नै ओलीलाई प्रधानमन्त्री बन्ने चाँजो मिलाइदिएकै हुन । यो भन्ने हक छोरी रेणुलाई छ ।

रेणु यसो भन्न बाध्य हुनुको कारण केपी ओलीको सोमबारको भाषण पनि हो । ओलीले चितवनमै आएर आफुले प्रचण्डका लागि दुईपटक मत माग्न आएर गल्ति गरेको र रेणु दाहाल मत पत्र च्यातेर जितेको बताएपछि यसको जवाफ त दिनै पर्ने हो । जुन रेणुले दिइन । उनले माओवादीकै सहयोगमा दुई पटक ओली प्रधानमन्त्री भएको भन्न छोडिनन् ।

त्यसपछि थप जेकुरा रेणुले भनेकी छन् त्यसले आगामी दिनमा प्रचण्ड र ओलीबीच राजनीतिक मात्र नभइ परिवारिक वाकयुद्ध नै चल्ने देखिएको छ । रेणुले ओलीकै क्षेत्रमा मत माग्न बिरामी आमा सीता दाहाललाई छोडेर प्रचण्ड झापा गएको बताएकी छन् । आमाको रेखदेख त गर्न पाउनु भएन नै झन् त्यही समयमा प्रकाश दाहालको मृत्यु भएको भन्दै रेणुले त्यसबेला घरमा कोही भएको भए प्रकाशको ज्यान जोगिन सक्ने तर्क दिएकी छिन् ।

बुबा प्रचण्ड झापा नगएर भाइ प्रकाशसँगै काठमाडौ जानु भएको भए प्रकाशको मृत्यु नहुन सक्थ्यो भन्ने रेणुको तर्क हो । यो तर्कमा दम छ । अझ तिहारको बेला कसले आफ्नो दाजुभाइलाई संझना गर्दैन र ? अझ तपाईँहामीले आफ्नो परिवारमा दाजुभाइ दिदी बहिनीको माया तिहारको बेला झन भाइटिकाको बेला कति बढी हुन्छ रु यस्तो बेलामा रेणु दहालले आफ्नो भाइलाई सम्झन पाउनु पर्दछ र त्यसमा पनि कसरी भाइ बाच्ने थियो भनेर चिन्तन गर्ने अधिकार उनलाई छ ।

साच्चिकै प्रचण्ड त्यो रात घरमा भएको भए प्रकाशको मृत्यु हुने थिएन । प्रचण्डले श्रीमती, छोरा विरामी भएको प्रवाह पनि नगरी ओलीको साथ नछोडेकै हो । त्यसैले रेणुले भनेजस्तै अहिले आएर ओलीले धेरै ठूला कुरा नगरे हुन्छ । फूर्ती नलाए हुन्छ । प्रचण्डले ओलीलाई पाँच बर्षकै लागि भनेर छोडेकै पनि हो । ओलीको एक्कलकाटे रणनीति नै नेकपा फुटनुको पहिलो कारण हो पनि । यहाँ कम्तिमा चितवन आउँदा वा प्रचण्डको कुरा गर्दा व्यक्तिगत रुपमा प्रचण्डको योगदानलाई कम्तिमा केपीओलीले अण्डरस्टिमेट गरिदिनु हुदैन ।

प्रचण्ड छोरीको पछिल्लो अभिव्यक्तिले गर्दा प्रचण्ड र ओलीबीच व्यक्तिगत घोचपेँच अब अति नै भएको अनुभुति भइरहेको छ । यसले व्यक्तिगत रुपमा दुबै नेता असुरक्षित भएको होकी भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रचण्ड छोरीको पछिल्लो अभिव्यक्तिले गर्दा प्रचण्ड र ओलीबीच व्यक्तिगत घोचपेँच अब अति नै भएको अनुभुति भइरहेको छ । यसले व्यक्तिगत रुपमा दुबै नेता असुरक्षित भएको होकी भन्ने अनुमान लगाउन सकिन्छ । दुबैलाई शारिरिक, मानिसिक, सामाजिक र व्यवहारिक रुपमा सुरक्षित राख्नका लागि व्यक्तिगत गाली गलौज र छेडखानी दुबैले तत्काल रोक्नु पर्दछ ।

प्रचण्ड र ओलीबीचको एकअर्कालाई सखाप पार्ने भनेर जुन प्रतिस्पर्धा चलेको छ त्यसमा विदेशीले कुनै कथा रचेर एकको घटनामा अर्कालाई दोष देखाएर नयाँ कोतपर्व गराउन सक्दछ । निर्वाचन वा निर्वाचन अघि कुनै कोतपर्व नहोस भन्नका लागि केपी ओलीले तिहारकै बेला पारेर एक नेपालकी चेली रेणु दहालले पोखेको बहमा सकारात्मक उत्तर दिएर आफूले अभिभाकत्व झल्कने गरी केही त भन्नै पर्दछ । सकिन्छ भने प्रकाश दहालको मृत्युको कुनै रहस्य छ भने त्यसलाई उजागर गर्न सहयोग गरौं । भाइटिकाका बेला प्रकाशको हत्याको रहस्य खुल्न सके दिदी रेणुका लागि ठूलो उपलब्धी हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *