नेपाल संवत् ११४२ सुरू, नेवारी समुदायले भव्यताका साथ मनाउँदै तस्वीरहरू

डिसी नेपाल
१९ कार्तिक २०७८ ११:०५
340
Shares

काठमाडाैं ।  नेपाल संवत् ११४२ सुरु भएको छ। नेवार समूदायले नयाँ वर्षका रुपमा मनाउने नेपालसंवत् ११४२ आजदेखि सुरु भएको हो। कात्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत् सुरु हुने गर्छ।

पशुपति प्राङ्गणमा नेवारी समूदायले पशुपतिमा ठूलो मण्डप बनाएका छन्। उनीहरुले हरेक वर्ष पशुपतिमा मण्डप बनाएर नेपाल संवत्लाई धुमधामका साथ मनाउने गर्दछन्।

नेवार समुदायमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः हुन्। उनले नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो।

शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो। त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेको किम्बदन्तीमा पाइन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *