मधेसमा हुराहुरी पर्व मनाइँदै

डिसी नेपाल
१९ कार्तिक २०७८ १९:१८

जकपुरधाम । तिहारको चौथौ दिन शुक्रबार जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा हुराहुरी पर्व मनाइँदै छ ।

गौ संरक्षण गर्ने उद्देश्यले मनाइने हुराहुरीमा पशुद्वारा पशुपशुलाई नै हत्या गराइने चलन रहेको दलित तत्मा समाजका केन्द्रीय अध्यक्ष रामअषिश दासले जानकारी दिएका छन् । बिस्तारै यो पर्व लोप हुने अवस्थामा पुगे पनि जनकपुरको कवड हल, शिवपुर, धनुषाको रमदैया लगायतका स्थानमा हुँदै आएको छ ।

गाउँको नजिकैको खेल मैदान वा चौरमा मनाइने हुराहुरीमा गाई, भैँसीले लखेटी लखेटी सुगरलाई मार्ने गर्छन् । गाई वा भैँसीले सुगर मारेपछि सुगरलाई मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । वर्षभरि एक चोटि मनाइने सो पर्व हेर्न सयौँ स्थानीयवासीको भीड लाग्ने गर्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *