कभर्डहल बनाउन देउसी

डिसी नेपाल
२० कार्तिक २०७८ १८:१२

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल –४ को थाङपालकोट ब्याडमिन्टन टिमले देउसीभैली खेलेर करिब एक लाख रुपैया सङ्कलन गरेको छ ।

ब्याडमिन्टन खेल्न सहज बनाउन कभर्ड हल निमार्णको उद्येश्यसहित देउसीभैली कार्यक्रम मार्फत ९८ हजार नौ सय रुपैया सङ्कलन गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिए । उक्त रकममा थप गरी एक लाख पुर्‍याउने उनले जानकारी दिए ।

साथै कभर्ड हल बनाउन आवश्यक रकम थप गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरिने सो ब्याडमिन्टन टिमले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *