निरु दाहाल पाण्डे सचिवमा बढुवा

डिसी नेपाल
२३ कार्तिक २०७८ १६:५९

काठमाडौं ।कृषि तथा वन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सहसचिव पाण्डेलाई बढुवा गरेको हो ।

बढुवा सँगसँगै उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदस्थापन गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले पाण्डेसहित दीपक खराल र डा.रेवती रमण पौडेलको नाम सिफारिस गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *