आज छठ, दुलही झैं सिंगारिएकाे बागमती (फाेटाेफिचर)

तर्कबहादुर थापा
२४ कार्तिक २०७८ ६:५१
160
Shares

काठमाडाैं।  छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।

देशभरका तलाउ तथा नदीहरू छठकाे लागि सिंगारिएकाे काठमाडाैंकाे गाैरिघाटस्थित बागमती नदी पनि दुलही झै सिंगारिएकाे छ। नदीकाे एकातिर श्रदालु भक्तजनका लागि त्रिपाल लगाइएकाे छ भने अर्काे तर्फ विभिन्न झिलीमिली बत्तीहरूले उज्यालाे दिइरहेका छन्।

पश्चिम किनारामा लगाएका बत्तीहरूकाे प्रतिबिम्ब पानीमा परेकाे छ। जति जति रात छिप्पिँदै जान्छ बागमतीमा परेकाे बत्तीकाे प्रतिबिम्बले आफूलाइ उत्तिकै शसक्त रूपमा चम्काइरहेका हुन्छन्। सधैं धमिलाे देखिने बागमतीकाे पानी बत्तिहरूकाे प्रकाशमा धमिलाे पन हराएकाे पाइन्छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *