समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२४ कार्तिक २०७८ १०:५५

काठमाडौं। समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले बुधबार संस्थाको १२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो।

उक्त बिक्री खुला भएको सेयर समिटका संस्थापक सेयरधनीले बिक्री गर्न लागेका हुन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो सेयर खरिद गर्न इच्छुकले सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा–१३ पुग्ने गरी निवेदन पेस गर्नपर्नेछ । संस्थाले तोकेको अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *