थप ३९७ जनामा सङ्क्रमण पुष्टि, ३८९ जना कोरोना मुक्त

डिसी नेपाल
२६ कार्तिक २०७८ १५:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ र १ हजार ९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३८९ जना कोरोना मुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ७ हजार ४९८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *