खैरो हेरोइनसहित ९ जना युवक पक्राउ

डिसी नेपाल
२६ कार्तिक २०७८ १९:०८

काठमाडौं । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना युवालाई पक्राउ गरेको छ । लागूऔषध खैरो हेरोइन सहित ९ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका १ ठेगाना भएका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका ४ ठेगाना भएका २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका १ ठेगाना भएका २२ वर्षीय बिनोद नाथ योगी, काठमाडौं महानगरपालिका ५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ ठेगाना भएका ३२ वर्षीय गौतम केसी रहेका छन् ।

त्यसैगरी काठमाडौं बुढानिलकण्ड नगरपालिका १० पाथीभरा टोल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका १ ठेगाना भएका २५ वर्षीय मिजम तामाङ, काभ्रे धुलिखेल नगरपालिका २ ठेगाना भएका ३८ वर्षीय शुसिल श्रेष्ठ, भोजपुर टेम्केमयुङ गाउँपालिका ९ मजुवा ठेगाना भएका २६ वर्षीय मिडे शेर्पा, काठमाडौं महानगरपालिका १० शान्तिनगर डेरा गरी बस्ने बर्दिया गेरुवा गाउँपालिका ५ ठेगाना भएका ३० वर्षीय दिपु भन्ने रणदिप थापा र सोही गाउँपालिका २ ठेगाना भएका २६ वर्षीय शिरिष खत्री रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूमध्ये प्रयास थापालाई १ सय मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित सडक किनारबाट पक्राउ गरिएको थियो । त्यस्तै सागर शाहीलाई २८ ग्राम खैरो हेरोइन तथा नगद ७५ हजार ५ सय रुपैयाँ सहित काठमाडौं महानगरपालिका २९ बाट पक्राउ गरिएको थियो ।

बिनोद नाथ योगीलाई १ थान डिजिटल तराजु सहित गोकर्णेश्वर नगरपालिका ५ स्थित सडक किनारबाट र गौतम केसीलाई ५ सय मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका ६ बौद्ध सडक किनारबाट तथा , मिजम तामाङलाई ४ ग्राम ५ सय मिलीग्राम खैरो हेरोइन तथा नगद ३५ हजार रुपैयाँ सहित पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले सुशील श्रेष्ठलाई १ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ सहित मिजम तामाङको डेराकोठाबाट, मिडे शेर्पालाई २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु तथा ७ थान आईएमईको रसिद सहित काठमाडौं महानगरपालिका ७ गंगाहिटी सडक किनारबाट, , रणदिप थापालाई साथबाट ३ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ र उनकै डेराकोठाबाट थप २१ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन तथा डिजिटल तराजु सहित र उनीसँगै रहेका शिरिष खत्रीलाई नगद ४ हजार रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ ।

उनीहरु कारोबारी हुन वा सेवनकर्ता हुन भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *