प्रज्ञा प्रतिष्ठानको बजेट २५ करोड

डिसी नेपाल
२८ कार्तिक २०७८ २१:४७

काठमाडौं ।नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ ।कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७ लाख ६७ हजार र व्यय रु १७ करोड २० लाख ७८ हजारसहित कार्यक्रमिक गतिविधिको विवरण प्रस्तुत गरिएको थियो ।

प्राज्ञसभा सदस्य शशी लुमुम्बुका अनुसार बैठकले वरिष्ठ साहित्यकार डा तारानाथ शर्मालाई गत साउन १ गते र कवि नरेश शाक्यलाई गत भदौ १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता दिने निर्णयको अनुमोदन गरिएको छ । डा वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता दिने निर्णय पनि अनुमोदन भएको छ ।सभाको उद्घाटन आज बिहान प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाबाट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *