साँढेको मूल्य डेढ करोड रुपैयाँ !

डिसी नेपाल
२९ कार्तिक २०७८ १३:११

काठमाडौं। भारतको कर्नाटकको राजधानी बैंगलुरुमा कृषि मेलामा १ करोड भारतीय रुपैयाँ अर्थात १ करोड ६० लाख नेपाली रुपैयाँ मूल्यको साँढे चर्चाको केन्द्र बन्यो । मेलामा गएका मानिसहरुले साँढेको साथमा सेल्फी खिचे । साँढेका मालिकका अनुसार यो साँढेको वीर्यको माग निकै उच्च छ त्यसैले उनी एक डोज वीर्य १ हजार रुपैयाँमा बेच्छन् ।

बैंगलुरुमा ४ दिनसम्म कृषि मेला आयोजना गरिएको थियो । यसमा आसपासका जिल्लाका किसान आफ्ना पशुहरुको साथमा सहभागी भएका थिए । बोरेगौडा नामका किसान आफ्नो साढे ३ वर्षको साँढेलाई प्रदर्शनीका लागि लिएर गएका थिए । उनका अनुसार उनले साँढेको नाम कृष्णा राखेका छन् ।

साँढेका मालिक बोरेगौडाका अनुसार यो साँढेको मूल्य १ करोड रुपैयाँ हो । साँढे हल्लकिर प्रजातिको हो जो सबै गाई प्रजातिको जननी हो । उनका अनुसार यो साँढेको वीर्यको माग अत्यन्तै बढी हुन्छ त्यसैले एक डोज वीर्य १ हजार रुपैयाँमा बेचिन्छ । मेलामा मानिसहरुमा साँढेको क्रेज अत्याधिक देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *