दशौं कर सप्ताह सुरु

डिसी नेपाल
१ मंसिर २०७८ १७:२५

काठमाडौं ।दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि सुरु गरेको कर सप्ताह मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण खासै कार्यक्रम नगरिए पनि यसवर्ष सङ्क्रमण घट्दै गएकाले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागिएको सो कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत आज शुभारम्भ, करदाता सम्मान, २ गते सेवाग्राहीलाई करदाता शिक्षा कार्यक्रम, ३ गते उद्योग वाणिज्य सङ्घ रत्ननगरमा करदाता शिक्षा, ४ गते उद्योगीसँग करदाता शिक्षा, ५ गते सहकारीकर्मीलाई करदाता शिक्षा, ६ गते अडिटरको समस्या समाधानका लागि अन्तक्र्रिया र ७ गते समापन कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताले लगानीमैत्री वातावरण तयार गर्न राज्यले अझै नसकेको बताएका थिए । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले राज्यले लगानीको सुरक्षा र लगानीमैत्री वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै जिल्लामा अहिले उद्योग क्षेत्रमा समस्या नरहेको बताए । उनले करदाता र कर प्रशासन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोतन कँडेल, नेपाल अडिटर्स एशोसिएशनका सल्लाहाकार सूर्यप्रसाद अधिकारी, नारायणी सामुदायिक अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर, करअधिकृत हरिराम ढकाल लगायतले करदाता शिक्षाको विविध पक्षमाथि बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *