अरब सागरमा बनेकाे निम्न चापीय क्षेत्रकाे प्रभाव नेपालमा

डिसी नेपाल
२ मंसिर २०७८ ६:५७

काठमाडौं। अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकाे छ । जसकारण बिहीबार बिहानै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। शुक्रबार उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *