गर्लफ्रेण्डलाई प्रपोज गर्न लाग्दा लाइन गयो, लाइन आएपछि हेर्दा युवती त अर्कै परिछन्

डिसी नेपाल
२ मंसिर २०७८ ११:१४

काठमाडौं। आफ्नी गर्लफ्रेण्डलाई प्रपोज गर्न लागेका एक युवकको साथमा ठूलो धोका भएको छ । उनलाई बिजुलीले धोका दिएको हो । खासमा प्रेमीले हातमा फूलको गुच्छा लिएर, घुँडाले टेकेर आफ्नी प्रेमिकालाई प्रपोज गर्न लागेका थिए त्यही बेला अचानक लाइन गयो । अँध्यारोमा उनले गलत युवतीलाई प्रपोज गरिदिए । लाइन आएपछि हेर्दा उनी अवाक भए ।

यो पूरै घटना १४ नोभेम्बरका दिन भएको हो । चीनको जिआंग्सु प्रान्तको लिआनयुंगांग सहरका एक विद्यार्थीको भिडियो भाइरल भइरहेको छ । यी छात्र विश्वविद्यालयका हुन् । उनको पहिचान खुलाइएको छैन । डेली मिररको रिपोर्ट अनुसार उनले आफ्नी गर्लफ्रेण्डलाई प्रपोज गरेर आफ्नो प्रेम स्वीकार गर्नको लागि आग्रह गर्न एक समारोह नै आयोजना गरेका थिए ।

उनी स्टेजमा थिए र घुँडाले टेकेर आफ्नी गर्लफ्रेण्डलाई प्रपोज गर्न लागेका थिए । त्यही बेला लाइन गयो । त्यसपछि उनी उठे र गलत युवतीको अगाडि गएर अँध्यारोमा उनलाई प्रपोज गर्न थाले । जब लाइन आयो त्यसपछि उनी अवाक भए र उभिएर आफूलाई सम्हाल्न थाले । यस्तो देखेपछि उनका साथीहरु हाँसे । रिपोर्टका अनुसार यो घटनापछि पनि उनले आफ्नी गर्लफ्रेण्डलाई प्रपोज गरे र गर्लफ्रेण्डले पनि स्वीकार गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *