श्रीमतीले कुकुरझैं डोर्‍याउँदै हिँडेकी थिइन्, ती युवकले एकैचोटी ९ जना केटीसँग बिहे गरे

डिसी नेपाल
२ मंसिर २०७८ १४:४१

काठमाडौं। ब्राजिलियन मोडल आर्थर ओ उर्सोले फ्रि लभको उत्सव मनाउनको लागि सामूहिक विवाहमा एकैचोटी ९ जना केटीहरुसँग बिहे गरेका छन् । बिहे साओ पाउलोको एक क्याथोलिक चर्चमा भयो । आर्थरले पहिलो बिहे लुआना काजकीसँग गरेका थिए । लुआनाले एकपटक आर्थरलाई कुकुर बनाएर डोर्याउँदै बजार घुमेकी थिइन् ।

अहिले स्वतन्त्र प्रेम र एक विवाहको विरोधको उत्सव मनाउनको लागि उनले ९ अन्य महिलाहरुसँग बिहेलाई औपचारिक रुप दिने फैसला गरेका थिए । यसअघि आफ्नो पहिलो बिहेपछि आर्थर र लुआनाले क्याप डिएगडेमा आफ्नो हनीमूनका तस्वीर शेयर गरेका थिए जुन फोटोमा उनीहरु नग्न थिए । यो फोटो निकै भाइरल भएको थियो ।

आर्थर र लुआनाले शहरका विभिन्न पर्यटकीय स्थलहरुमा पूर्ण रुपमा नग्न भएर यात्राको आनन्द लिएका थिए । स्विंगर हुने यो जोडी स्टिठ्रपिङको आफ्नो प्रेमको लागि चिनिन्छ । उनीहरु पहिले पनि संसारका केही सबैभन्दा उदार स्थानहरुमा नग्न भएर घुमेर चर्चामा आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *