कांग्रेस महाधिवेशनः चितवनमा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु

डिसी नेपाल
३ मंसिर २०७८ १२:२४

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवन जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ ।जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नं १(क) का लागि खैरहनी नगरपालिका– ९ मा रहेको पुन समाजको भवनमा मतदान प्रक्रिया सुरु भएको छ । सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको उनले जानकारी दिए। कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा ३४५ मतदाता छन् ।

यस्तै १ (ख) को टाँडीमा रहेको होटेल स्टर बैंकुइटमा निर्वाचन प्रक्रिया सुरु भएको छ । यस क्षेत्रमा तीनजना सभापति पदका दाबेदार रहेका छन् । उम्मेदवारहरुमा गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापा रहेका छन् । यहाँ ५६५ जना मतदाता रहेको छ।यस्तै निर्वाचन क्षेत्र २ (क) मा ४७७ मतदाता रहेका छन् । जहाँ सभापति पदका लागि तीनजनाको उम्मेदवारी मनोनयन भएको छ । सभापतिका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै २ (ख)को निर्वाचन अहिले सगोल पार्टी प्यालेस यज्ञपुरीमा सुरु भएको छ । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचन क्षेत्रमा ४९२ जना मतदाता रहेको पोख्रेलले जानकारी दिए। निर्वाचन क्षेत्र नं ३ (क)को निर्वाचन शहीद स्मारक कलेज शारदा नगरमा सुरु भएको छ । यहाँ ६०५ जना मतदाता रहेका छन् । जहाँ तीनजनाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाको उम्मेदवारी रहेको छ।

यता ३ (ख) को निर्वाचन सत्कार पार्टी प्यालेस पार्वतीपुरमा हुँदैछ । यहाँ ३५५ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दैछन् । यस क्षेत्रका लागि चारजनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा उम्मेदवार मनोनयन गर्नेमा अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कँुवर र शोभाखर चापागाईं रहेका छन्।हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक सभापति, दुई उपसभापति, दुई सचिव र दुईजना सहसचिव निर्वाचित गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *