कांग्रेस महाधिवेशनः मकवानपुर क्षेत्र नम्बर १,प्रदेश सभा ‘क’मा निर्विरोध सभापति चयन

डिसी नेपाल
३ मंसिर २०७८ १३:१८

काठमाडौं। दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा शुक्रबार नेपाली कांग्रेसको अधिवेशन भइरहेको छ ।प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिसहितका विभिन्न पदमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा सभापतिमा शुसान्तकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर नेसुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली, सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध चयन भएका छन् ।

अन्य निर्विरोध निर्वाचित हुनेहरूमा सदस्य खुला महिलातर्फ जानुका ठकुरी, समीक्षा विश्वकर्मा र छायाँ अधिकारी, खस आर्यतर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रीन, दलिततर्फ अनिल विक छन् ।अन्य खुला सात सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेकाले निर्वाचन भइरहेको कांग्रेस मकवानपुरले जनाएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *