माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचन

डिसी नेपाल
३ मंसिर २०७८ १७:२३

काठमाडौं ।सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका
मन्त्री ज्ञानेन्द्रकहादुर कार्कीले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार बैठकले नेपाल चार्टड एकाउन्टेन्स् संस्थाको पार्षद्मा नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सहमहालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले विद्यतुतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी मोरक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिए । उनका अनुसार एशियन–अफ्रिकन लिगल कन्सल्टटेटिभ अर्गनाइजेसन (एएएलसिओ) को ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाल बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ । यसैगरी दक्षिण कोरियामा हुने यूएन पिसकिपिङ मिनिस्टेरियल मिटिङमा भाग लिन रक्षामन्त्री डा मीनेन्द्र रिजालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *