नेपाली कांग्रेसको पौडेलपक्ष दोस्रो चरणमा एक हुने संकेत

विजयप्रसाद मिश्र
४ मंसिर २०७८ १९:५४

नेपाली कांग्रेसको १४ औं महाधिवेशन जतिजति नजिकिदैछ उतिउति कार्यकर्ताबीच भावी सभापति को भन्ने विश्लेषण तिब्र रुपमा भइरहेको छ । लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले हिजो आज कोइराला परिवारलाई टक्कर दिन थालेपछि पहिलो चरणमा हुने सभापतिको निर्वाचनमा एक ढिक्का भएर शेरबहादुर देउवासंग प्रतिस्पर्धा गर्ने प्रयास असफल भएको छ । दोस्रो चरणमा आफू फेरी शेरबहादुर देउवासंग भिड्ने सोचमा रहेका डा. शशांक कोइराला, डा. शेखर कोइराला र रामचन्द्र पौडेल पछिल्लो दिन प्रकाशमान सिंह विच्किएको अनुभुति गरेर शुक्रबार र शनिवार उनको घरमै गएर रिस मत्थर पार्ने प्रयास गरेका छन् ।

सिंहको घरमै भेट्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समय नलिई एक्कासी गएका थिए भने भर्खरै प्रकाशमानलाई काठमाडौं बाहिरकाले नचिन्ने अभिव्यक्ति दिएका शशांक कोइराला समेत उनलाई भेट्न घरमै पुगेका थिए । त्यसैगरी डा. शेखर कोइराला पनि सिंहलाई भेट्न जानुले यी तीनजनाबीचको कुनै डिजाइन छ भन्ने आशंका देउवा पक्षले गरेको छ ।

प्रकाशमान सिंहले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका संस्थापक नेताहरूको सपना आफूले पुरा गर्न सक्ने बताएर फेरी पनि पार्टीमा आफ्नो हैसियत र योगदानलाई पुर्नव्याख्या गरेका छन् । यस अघि डा. शशांकलाई जवाफ दिन सिंहले सुशिल कोइरालाभन्दा बढी भोट ल्याएर महामन्त्रीमा जीतेको बताएका थिए ।

नेविसंघ देखि कै राजनीति गर्नेलाई मात्र सभापति बनाउन राम्रो हुन्छ भन्ने एकथरीको आबाजलाई स्वीकार गर्ने हो भने कोइराला परिवारको अहिलेको सभापतिका दावेदारहरु भन्दा प्रकाशमान सिंहको पक्षमा कार्यकर्ताहरु लाग्न सक्ने देखिन्छ ।

हुनत प्रकाशमान सिंहले पार्टी राजनीति गरिरहँदा डा. शशांक कोइराला र डा. शेखर कोइराला सरकारी जागीरे थिए भन्ने धेरै पटक टिप्पणी आईरहेको छ । नेविसंघ देखि कै राजनीति गर्नेलाई मात्र सभापति बनाउन राम्रो हुन्छ भन्ने एकथरीको आबाजलाई स्वीकार गर्ने हो भने कोइराला परिवारको अहिलेको सभापतिका दावेदारहरु भन्दा प्रकाशमान सिंहको पक्षमा कार्यकर्ताहरु लाग्न सक्ने देखिन्छ ।

पछिल्लो समय डा. शशांकले प्रकाशमानलाई होच्याएर भनेको शब्दहरुले सिंगो नेपाली कांग्रेसका कार्यकर्ताहरुले गणेशमान सिंहलाई जसरी गिरिजाप्रसाद कोइरालाले अपमानित गरेर पार्टी छोड्न बाध्य पारेका थिए त्यसैगरी शशांकले उनका छोरा प्रकाशलाई प्रहार गरेको भन्नेहरु ह्वात्तै बढेका छन् । शशांकको शब्दबाँण उनकै लागि घातक भएको छ भने एकाएक प्रकाशमान सिंह प्रति नेपाली कांग्रेसका कार्यकर्ता र नेताहरुको सेम्पेथिक बढेर गएको छ ।

पछिल्लो समय शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्दा प्रकाशमानको सिफारिसलाई देउवाले त वास्ता गरेनन् गरेनन् । रामचन्द्र पौडेल र डा. शशांक कोइरालाले समेत वास्ता नगरेपछि उनी विच्किएका थिए । आफूलाई फकाउन आउनेहरुले आफ्नो मूल्यांकन गलत ढंगले गरिरहेको बुझेर सिंह १४ औं अधिवेशनमा जसरी पनि सभापतिमा उम्मेदवारी दिने पक्षमा गएका छन् । उनको उम्मेदवारीले संस्थापन इतरका सबै दावेदारहरुलाई पसिना छुट्ने भएपछि एकएक गरेर उनको घर धाउन थालेका छन् ।

डा. शेखर कोइरालालाई डा. शशांकले देरसवेर छोड्छन् नै । शशांक कोइरालाले सर्लाहीमा दिएको अभिव्यक्तिले यो उजागर भइसकेको छ । पछिल्लो समयमा उनी सच्चिनु भनेको हतार भयो अहिले नै छोड्नु भएमा देउवा गुट सचेत हुन्छ र नयाँ रणनीति बनाएर पहिलो चरणमै ५० प्रतिशत टपाएर देउवा सभापति हुन्छन् भन्ने लागेर शशांकलाई फरक भनाई राख्न लगाइएको हो भन्ने चर्चा संस्थापन गुटमा चलिरहेको छ ।

डा. शेखरले भने नेपालको पहिलो चरणको निर्वाचनमा आफू पहिलो वा दोस्रो भएपनि ५० प्रतिशत कटाउन नसक्ने भएकाले दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह पक्षको मतलाई आफ्नो पक्षमा पार्नका लागि शशांकलाई राजनीति गर्न आउँदैन, तपाईजस्तो सिनियरलाई त्यसरी भन्नु हुँदैन, उसको तर्फबाट आफूले माफी माग्नेसम्मको कुरा गरेर प्रकाशमानलाई कोइराला परिवारको जानी दुश्मन बन्नबाट रोक्ने र दोस्रो चरणमा उनीहरुको मत लिएर शेरबहादुर देउवालाई हराउने रणनीतिमा चाक्सीबारी पुगेको अनुमान देउवा पक्षले लगाएको छ ।

हुन पनि हो, संस्थापन इतरका तीनजना जो सभापतिका दावेदार छन् उनीहरु सबै हस्याङ्फस्याङ् गर्दै प्रकाशमानलाई भेट्न गएका छन् । तीनै जनाले शशांकको बोलीलाई ईखको रुपमा नलिन भन्न गएका हुन नै । साथै रामचन्द्र पौडेलले भने मन्त्री चयन गर्दा शेरबहादुर देउवाले समेत आफूलाई नसोधी गरेको भनेर सान्तवना दिएको बुझिएको छ ।

नेपाली कांग्रेसले काठमाडौंलाई जहिलेपनि ओझेलमा राखेको गुनासो बारम्बार आउने गरेकोले यसपटक काठमाडौबासी कांग्रेस नेता कार्यकर्ताहरुको प्रतिनिधित्व गर्ने गरी समेत प्रकाशमान सिंहको दावेदारी सही भएको विश्लेषण बौद्धिक बर्गको छ ।

केही बौद्धिक बर्गहरु संसदीय निर्वाचनमा हार्नेहरुलाई के को सभापतिको पद चाहिएको रु भनि रहेका छन् भने आफ्नो क्षेत्रमा जीत्ने हैसियत नभएकालाई पार्टीको केन्द्रीय नेतृत्व दिनु हुँदैन भन्ने आबाज समेत कार्यकर्ता दीर्घाबाट उठ्न थालेको छ ।

पछिल्लो समय भारतको एकपक्षले बिमलेन्द्र नीधिलाई जसरी पनि नेपाली कांग्रेसको सभापतिमा उठ्न लगाएर शेरबहादुर देउवालाई कमजोर बनाउने रणनीति लिएको थियो । सोही रणनीतिलाई व्यवहारमा उतार्न प्रकाशमान सिंह र शशांक कोइरालालाई पटक पटक बिमलेन्द्र नीधिले बोलाएर बाबुको विरासतबालाहरु एक हुनुपर्दछ भन्ने सन्देश कार्यकर्ताहरुमा छर्न खोजेका थिए ।

कोइराला परिवारलाई प्रकाशमान सिंहले सभापतिका लागि यत्तिको दवाव सृजना गर्दछन् भन्ने हेक्का थिएन । त्यसैले पौडेलखेमामा रहेका प्रकाशमानलाई अन्तराष्ट्रिय सम्बन्ध समेत बनाउन दिएका थिएनन् । जब प्रकाशमान सिंह पछिल्लो पटक भारत गएर आफू सभापतिमा उठ्ने सन्देश छोडे त्यसपछि कोइराला परिवारको होश उड्यो । त्यो होश उडाईलाई कुटनीतिक पहल गरेर समाधान गर्नु पर्नेमा अराजनीतिक व्यक्तित्वका रुपमा रहेका डा. शशांक कोइरालाले सर्लाहीमा सार्वजनिक रुपमै प्रकाशनमानको राजनीतिक योगदानलाई नै खिल्ली उठाउने दुश्सहास गरे । यसले प्रकाशमान र उनका समर्थकहरुमा कोइराला परिवार प्रति नकारात्मक भावना आउनु स्वभाविक थियो । शशांकको सर्लाहीको एक मिनेटको अभिव्यक्तिले अब प्रकाशमान सिंहको कोइराला परिवार प्रति मोह भंग भइसकेको देखिन्छ । यसले कालान्तरमा यसपटक कोइराला परिवारले सभापतिमा बाजी नमार्न सक्दछ ।

प्रकाशमानले आफ्नो छुट्टै गुट बनाएर अघि बढ्ने प्रयत्न शुरु गरेका छन् र सनिवार नै भनेका छन्, ‘किसुनजी, गणेशमानजीको, बिपीको जनताको जीवनयापन सहज बनाउने सपना थियो र उहाँहरूले विकसित नेपालको जुन सपना राख्नु भएको थियो, त्यो सपना तपाईंहरुको सहयोगबाट पूरा गर्न सक्छु ।’ यो भनाइमा उनको मनमा खेलिरहेको कुराहरुको झझल्को आउँछ ।

प्रकाशमान् सिंहलाई हामीले जमलमा नेपाली कांग्रेसको पार्टी कार्यालय हुँदादेखि नै चिनेका हौं । पञ्चायतकालमा जमलमा प्रत्येक दिन गणेशमान सिंह आउने गर्नुहुन्थ्यो । त्यसवेला काठमाडौं बाहिरबाट आउने नेविसंघ समर्थित यूवाहरुको काममा सघाउन प्रकाशमान सिंह जहिले पनि अग्रसर हुनुहुन्थ्यो । जतिखेर प्रकाशमान सिंह सक्रिय राजनीतिमा थिए त्यतिखेर डा. शशांक र डा. शेखर साच्चिकै सरकारी जागिरे थिए । हिजोको सरकारी जागिरेले प्रकाशमान सिंहको बारेमा नकारात्मक टिप्पणी गरेर पार्टी सभापतिको सपना देख्दछ भने त्यस्तालाई नेपाली कांग्रेसको कर्मठ कार्यकर्ताहरुले सवक सिकाउने छन् भन्ने आशा प्रकाशमान सिंहलाई होला । यो त १४ औं अधिवेशनको परिणामले नै देखाउला ।

डा. शशांकले प्रकाशमान सिंहको बारेमा मात्र होइन, उनले आफ्ना अभिभावक जस्ता व्यक्तित्व रामचन्द्र पौडेलका बारेमा समेत नकारात्मक टिप्पणी गरेका छन् । एकताका स्व. कृष्णप्रसाद भट्टराईले टुडिखेलमा आयोजित नेपाली कांग्रेसको कार्यक्रममा व्यङ्ग्य गर्दै भनेका थिए ,‘मलाई कोइराला परिवारले सभापतिको पद् निगाहामा दिएका हुन् । उनीहरुलाई मेरो आवश्यकता होइन कि म नै कोइराला परिवारसंग टाँसिएको हुँ ।’ भट्राईको यो अभिव्यक्तिले कोइराला परिवारको निगाह बिना पार्टी सभापति पाइदैन भन्ने सन्देश दिएको छ । तर अब त्यो एकादेशको एउटा कथाको रुपमा मात्र सिमित रहेको कांग्रेसका यूवा जमातले बताउने गरेका छन् ।

एकअर्कालाई तलझार्ने गरी बोल्न थालेपछि संस्थापन इतरबीच शुरुको चरणमा हुने निर्वाचनमा एकमत हुन नसक्ने नै भएको छ । डा. शेखर कोइरालाले इच्छा हुने सबै सभापतिमा उठ्न पाउनु पर्दछ र संस्थापन इतरबाट जसले सबैभन्दा बढी मत ल्याउँछ उसलाई सबैले साथ दिएर जीताउनु पर्दछ भन्ने अभिव्यक्ति बारम्बार दिने गरेका छन् ।

एकअर्कालाई तलझार्ने गरी बोल्न थालेपछि संस्थापन इतरबीच शुरुको चरणमा हुने निर्वाचनमा एकमत हुन नसक्ने नै भएको छ । डा. शेखर कोइरालाले इच्छा हुने सबै सभापतिमा उठ्न पाउनु पर्दछ र संस्थापन इतरबाट जसले सबैभन्दा बढी मत ल्याउँछ उसलाई सबैले साथ दिएर जीताउनु पर्दछ भन्ने अभिव्यक्ति बारम्बार दिने गरेका छन् । अन्तिममा आएर त्यही हुने स्थिति छ ।

त्यही भयो भनेपनि दोस्रो चरणमा आफूनै सबैभन्दा अगाडी आउने र त्यसबेला प्रकाशमानको समर्थन आफूतर्फ नभएमा जीत्न नसकिने आंकलन गर्न थालेपछि उनको महत्व संस्थापन इतर भित्र ह्वात्तै बढेको छ । जसरी १३ औं महाधिवेशनमा कृष्ण सिटौलाले दोस्रो चरणमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए त्यसैगरी अब हुने माहाधिवेशमा प्रकाशमान सिंहले शेरबहादुरलाई समर्थन गर्ने स्थिति सृजना भएकोले पनि कोइराला परिवार आत्तालिएको हो ।

बोल्न नजान्नेले किन राजनीति गर्नु ? नेपाली कांग्रेसको सभापति हुनका लागि तीनबटा विशेषता भएको हुनुपर्दछ भनेर डिसीनेपालले यस अघि नै समाचार टिप्पणी लेखेको थियो । अहिले आएर संस्थापन इतरभित्रको तानातानको अवस्था हेर्दा यिनीहरुबीचमा रहेका डा। शशांक, डा. शेखर, सुजाता, प्रकाशमान र रामचन्द्र मध्ये कसको तीनबटै विशेषता पुरा हुन्छ त भनेर कार्यकर्ताबीच टिकाटप्पणी शुरु भएको पाइएको छ ।

तीन विशेषता भन्नाले नेविसंघदेखि राजनीति गरेको, आफ्नो क्षेत्रमाहरु संसदीय निर्वाचनमा नहार्ने र सैद्धान्तिक बहस राम्रोसंग गर्न सक्ने । यी तीनमा नम्बर दिने हो भने माथी उल्लेख भएका नेताहरुमध्ये सबैभन्दा बढी अंक कसले ल्याउनेछन् त रु नेपाली कांग्रेसको नेता र कार्यकर्ताहरुले तथ्यमा आधारित रहेर चयन गर्नुपर्दछ । होइन भने फेरी पनि पाँच बर्षका लागि पार्टी क्याडरले पछताउनु पर्नेछ ।

जे होस, नेपाली कांग्रेसको संस्थापन इतरमा रहेकाहरु पहिलो चरणको निर्वाचनमा एकहुने संभावना न्यून भएपनि दोस्रो चरणको निर्वाचनमा एक बनाउन सकेमा डा। शेखर कोइरालाको सभापति बन्ने सम्भावना देखिन्छ, तर शशांक र सुजाताको ठेगान छैन भन्नेपनि प्रष्ट छ । १४ औं महाधिवेशनको परिणामले कोइराला परिवारको घरायसी विवादको मात्रा बढ्ेको छ वा घट्दैछ भन्ने जानकारी समग्र नेपालीलाई हुनेछ । यसपटक शेरबहादुर देउवा विरोधीहरु एकस्थानमा आउन नसक्नु नै कोइराला परिवारको राजनीतिक अवसानको शुरुवात हो । यसलाई उनीहरुले कसरी हेरेका छन् रु तर आम कांग्रेसी कार्यकर्ताहरुले भने कोइराला परिवार विस्तारै अवसानको बाटोतर्फ उन्मूख भएको देखिरहेका छन् ।
त्यसैले कोइराला परिवारबीचको खिचातानी र बोल्नेढंगको अभावले गर्दा पहिलो चरणमै शेरबहादुर देउवाले सभापतिमा बाजी मार्ने देखिन्छ । यो परिणामलाई रोक्नका लागि गणेशमान सिंह जसले प्रधानमन्त्री पद पनि त्यागेका थिए उनको योगदानलाई हेरेर गिरिजाप्रसाद कोइरालाले गरेको गल्तीलाई सच्याउनका लागि कतै नयाँपुस्ताका कांग्रेसजनले प्रकाशमान सिंहलाई समेत साथ दिनसक्ने छन् । निर्वाचन हो, गोप्य मतदान हुन्छ ।

पछिल्लो अवस्थामा मिडियाले जुन किसिमले प्रकाशमान सिंहलाई प्रमुखता दिएर समाचारहरु बनाइरहेका छन् त्यसले कतै अहिलेसम्म कसैले आंकलन नगरेको परिणाम त आउने होइन रु अर्थात प्रकाशमान सिंहले १४ औ महाधिवेशनमा बाजी त मार्ने होइनन् ? यो सब कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको हातमा नै हुनेछ । हेरौं प्रकाशमान सिंहलाई गरिएको अपमानको बदता मतदाताहरुले पो लिने हुन की ? किनकी पहिलो चरणमा कसैको बहुमत नपुगेता पनि शेरबहादुर देउवा एक नम्बरमा र दोस्रो नम्बरमा डा. शेखर कोइराला र प्रकाशमान सिंह मध्ये जो पनि पर्न सक्ने संभावना बढेर गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *