हुनेवाला पतिको लागि यति कडा नियम ? यी युवतीसँग कसले गर्ला बिहे ?

डिसी नेपाल
७ मंसिर २०७८ ११:४३

काठमाडौं। एक टिकटकरले आफ्नो हुनेवाला पतिको विषयमा केही कुराहरु पोस्ट गरेकी छिन् जुन सामाजिक संजालमा भाइरल भइरहेको छ । बेली नामकी यी टिकटकरले बिहेका केही कडा नियमहरुको सूची बनाएकी छिन् । यी नियमहरु उनका पतिले पालना गर्नुपर्नेछ ।

टिकटकर बेलीले भिडियो शेयर गर्दै लेखेकी छिन् ‘विवाहपछिको लागि मैले मेरो लागि र मेरो पतिको लागि केही नियम बनाएकी छु । यी नियमहरु सुनेर धेरै जनालाई रिस उठ्न सक्छ । पहिलो नियम अनुसार हामी दुवै पति पत्नी कुनै पनि विपरित लिंगका व्यक्तिसँग मित्रता गर्ने छैनौं । दोस्रो नियम अनुसार हामी दुवैले अफिसमा विपरित लिंगका व्यक्तिहरुसँग एक अर्कालाई एक्लै छोड्ने छैनौं ।’

@bmcpherPart 1? 🤣🤷‍♀️ ##marriage ##marriagerules ##husbandandwife ##christianmarriage ##momsoftiktok

♬ BUNNY IS QUEEN – Bunny Barbie🐰

तेस्रो नियमबारे बताउँदै बेलीले भनिन् ‘हामी दुवैले एक अर्कालाई नबताइ विपरित लिंगका कुनै पनि व्यक्तिलाई फोन वा म्यासेज गर्ने छैनौं । यदि फोन वा म्यासेज गर्नै पर्ने भए पहिले एक अर्कालाई बताउनु पर्नेछ । चौथो नियम अनुसार हामी दुवैले कुनै पनि पोर्न भिडियो हेर्ने छैनौं ।’

बेलीले भिडियोमा अन्तिम र सबैभन्दा महत्वपूर्ण नियमबारे बताउँदै भनेकी छिन् ‘हामी दुवै एक अर्कालाई सबैभन्दा धेरै महत्व दिनेछौं । यहाँसम्म कि आफ्ना माता पिता भन्दा पनि माथि आफ्नो पार्टनरलाई राख्नेछौं ।’ अहिलेसम्म बेलीको यो भिडियोलाई २.३ मिलियन भन्दा धेरैले हेरिसकेका छन् । मानिसहरुले यसप्रति अनौठा प्रतिक्रिया पनि दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *