डेटिङ आएकी गर्लफ्रेण्डको कपडा मन नपरेपछि ब्वायफ्रेण्डले घर पठाइदिए

डिसी नेपाल
७ मंसिर २०७८ १५:५६

काठमाडौं। अमेरिकाको मिशिगनकी एक युवतीले टिकटकमा भिडियो जारी गरेर आफ्नो ब्वायफ्रेण्डको विचित्रको हर्कतको खुलासा गरेकी छिन् । युवतीका अनुसार डेटिङका क्रममा उनका ब्वायफ्रेण्डले उनको कपडा मन नपरेको भन्दै उनलाई घर पठाइदिएको खुलासा गरेकी छिन् ।

टिकटकर निक्की ज्याब्सका अनुसार केही समय पहिले उनको डेटिङ एपमा ग्रेग नामका युवकसँग भेट भएको थियो । त्यसपछि उनीहरु सम्बन्धमा थिए । तीन हप्तापछि ग्रेगले निक्कीलाई आफूसँग एक कार्यक्रममा जान भने । निक्की यसको लागि निकै उत्साहित थिइन् । उनले तयार हुनका लागि मात्रै ४० मिनेटको समय लगाइन् । तर, उनलाई थाहा थिएन कि यो डेट उनको लागि निकै दुःखदायी हुनेछ ।

उनी कार्यक्रममा डिनरका लागि बसेका बेला ग्रेगले यस्तो कुरा भने कि उनको मन नै भाँचियो । ग्रेगले आफ्नी गर्लफ्रेण्डलाई उनले लगाएको कपडामा पटक्कै राम्री नदेखिएको भने । ग्रेगले निक्कीको कपडा देखेर आफूलाई लज्जा महसुस भएको समेत भने । यति भनेपछि ग्रेगले निक्कीको लागि ट्याक्सी बुक गरिदिए र त्यहाँबाट जान भने ।

निक्कीले रुँदै आफ्नो भिडियो टिकटकमा पोस्ट गरेकी छिन् । निक्कीका अनुसार उनी ग्रेगसँग कार्यक्रममा जानको लागि ट्याक्सीमा बसेका बेला पनि ग्रेगले उनलाई घुरेर हेरिरहेका थिए । निक्कीले बाटोमा पनि ग्रेगलाई किन घुरेर हेरेको भनेर सोधेकी थिइन् तर ग्रेगले बताएनन् । कार्यक्रममा गएपछि मात्रै उनले यस्तो हर्कत गरे । निक्कीका अनुसार पछि ग्रेगले उनीसँग माफी मागेका थिए तर निक्कीले उनीसँग सम्बन्ध तोडिदिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *