भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल फेला

डिसी नेपाल
८ मंसिर २०७८ ९:४८

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी गराए ।

कङ्काल परीक्षण गर्न काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *