तालभित्रबाट गाउँ निस्कियो (फोटोहरु)

डिसी नेपाल
१० मंसिर २०७८ १४:१०

काठमाडौं। स्पेनमा ३० वर्ष पहिले पानीमा डुबेको गाउँ तालबाट बाहिर निस्किएको छ । १९९२ मा बाढीका कारण यो गाउँ जलमग्न भएको थियो । त्यसपछि जहिले पनि यहाँ पानीको स्तर कम हुन्छ यो गाउँ पानीबाट बाहिर आउँछ । तस्वीरमा यो गाउँ कुनै हलिउड फिल्मको सेटजस्तो देखिएको छ ।

डेली मेट्रोको रिपोर्टअनुसार यो गाउँको नाम एसेरेडो हो जो स्पेनको लोबोइस इलाकामा छ । १९९२ मा यहाँका दर्जनौं परिवारलाई जलाशयको लागि बाटो बनाउनको लागि आफ्नो घर छोड्न बाध्य पारिएको थियो । खासमा एसेरेडो गाउँ पोर्चुगलको जलविद्युत संयन्त्रको डुबान क्षेत्रमा पर्थ्यो । एक दिन त्यहाँबाट पानी छोडियो जसबाट लिमिया नदीको जलस्तर अचानक बढ्यो । त्यसको पानीमा आसपासका क्षेत्र डुबे । यो बाटीको चपेटामा आउने लिंडोसो जलाशयको मुहानमा रहेको एसेरेडो गाउँ पनि डुब्यो ।

स्थानीय प्रशासनले गाउँका जनतालाई अर्को ठाउँमा सर्न अपिल गरेको थियो तर उनीहरुले मानेनन् । त्यसपछि उनीहरुलाई जबरजस्ती हटाएर गाउँ खाली गराइयो । गाउँका सयौं जनता पलायन हुन बाध्य भएका थिए । त्यतिबेलादेखि एसेरेडो पानीभित्र डुबेको थियो । यो गाउँ अहिले पानीबाट बाहिर आएको छ । मानिसहरु यो गाउँलाई भुताहा गाउँ पनि भन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *