मरिसकेकी मोडलको अन्तिम संस्कारपछि अस्तु चोरेर त्यसैसँग बिहे

डिसी नेपाल
११ मंसिर २०७८ १०:५०

काठमाडौं। चीनकी प्रसिद्ध सामाजिक संजाल इन्फ्लुएन्सर तथा मोडल लुओ शाओ माओ माओ जीले गत महिना लाइभ भिडियो स्ट्रिमिङका क्रममा किटनाशक पिएर आत्महत्या गरेकी थिइन् । उनी आफ्नो सुन्दरताका लागि प्रसिद्ध थिइन् । टिकटकजस्तै सामाजिक संजाल डाउयिनमा उनका ६ लाखभन्दा धेरै फलोअर थिए । मृत्यु भएको एक महिनापछि लुओ एक पटक फेरि चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण निकै अनौठो छ ।

ग्लोबल टाइम्सका अनुसार लुओको मृत्युपछि केही पुरुषहरु उनीसँग भुताहा विवाह गर्न चाहन्थे । यसका लागि ती पुरुषहरुलाई लुओको अन्तिम संस्कारपछि उनको अस्तु चाहिएको थियो । यस्तोमा अन्तिम संस्कार गर्ने कर्मचारीहरुले लुओको अस्तु ती पुरुषहरुलाई बेच्ने योजना बनाए जो उनको अस्तुसँग भुताहा विवाह गर्न चाहन्थे । कर्मचारीहरुले लुओको अस्तु चोरी गरे र अन्य २ जनासँग मिलेर त्यसलाई बेच्ने प्रयास गरे । तर, बिक्री गर्नुभन्दा पहिल्यै उनीहरुलाई पक्राउ गरियो ।

रिपोर्टअनुसार चीनका केही भागमा अहिले पनि भुताहा विवाहको परम्परा छ । यो परम्परा करिब ३ हजार वर्ष पुरानो हो । यसमा मानिसहरु मरिसकेका व्यक्तिसँग विवाह गर्न प्रयास गर्छन् । उनीहरुमा दिवंगत आत्माले पनि आफ्नो सन्तानको खुसीको लागि विवाह गर्नुपर्छ भन्ने मान्यता हुन्छ । आम रुपमा यो परम्परा मृतकका मातापिताले पूरा गर्छन् । चीनमा दशकौंदेखि यो प्रथामाथि प्रतिबन्ध लगाइएको छ । तर, पछिल्लो केही समययता यो प्रथालाई मान्नेहरुको संख्यामा वृद्धि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *