ब्रिटिस आर्मीको ट्यांक किनेर त्यसलाई ट्याक्सी बनाएर सडकमा घुम्न निस्किए (तस्वीरहरु)

डिसी नेपाल
११ मंसिर २०७८ १२:४९

काठमाडौं। एक बेलायती व्यक्ति विश्वकै सबैभन्दा महंगो ट्याक्सी सेवा चलाउन गइरहेका छन् । सबैभन्दा खास कुरा उनको टयाक्सी खराब सडकमा पनि निकै राम्रोसँग चल्छ । यो ट्याक्सीभित्र आरामदायक सिटहरुका साथै एउटा टेलिभिजन र एउटा ओभन पनि छ । मर्लिन ब्याचलर नामका ती व्यक्तिका अनुसार सडकमा यो उनको सबैभन्दा राम्रो कार हो ।

मर्लिन ब्याचलरले २० हजार पाउण्ड अर्थात करिब ३२ लाख रुपैयाँ तिरेर बेलायती सेनासँग एउटा पुरानो ट्यांक किनेका छन् । तर, अहिले त्यो ट्यांकभित्र सैन्य उपकरण छैनन् । सैन्य उपकरण निकालिएपछि यो ट्यांकभित्र धेरै खाली ठाउँ बनेको छ जहाँ कैयौं मानिसहरु आरामले बस्न सक्छन् । मर्लिनका अनुसार उनले यो ट्यांक चलाउनको लागि एक वर्षमा २४० पाउण्ड अर्थात करिब २५ हजार रुपैयाँ खर्च लाग्छ ।

उनका अनुसार यदि उनले यो ट्यांकलाई ट्याक्सीको रुपमा चलाउने अनुमति पाए पनि उनले आफ्नो पुरानो ट्याक्सी छिटै बेच्नेछन् । डेलीस्टारको रिपोर्टअनुसार उनले यो ट्यांकको उपयोग गर्नका लागि योजना पनि बनाएका छन् । उनले यो ट्यांकमा चढेर हिँड्ने मानिससँग पहिलो एक घण्टाको ६ सय पाउण्ड अर्थात ९५ हजार रुपैयाँ र त्यसपछि प्रत्येक घण्टाको २ सय पाउण्ड अर्थात ३२ हजार रुपैयाँ लिने योजना बनाएका छन् । यो ट्यांकमा ९ जना यात्रु चढ्न सक्छन् किनकि भित्र एउटा कोठा बराबर ठाउँ छ ।

अहिले मर्लिनले यो ट्यांकलाई आफ्नो साप्ताहिक पसलमा लिएर जान्छन् । उनले यही ट्यांकमा राखेर आफ्ना ४ छोरीहरुलाई नरफ्लकस्थित नर्विचको स्थानीय पार्कमा घुमाउँछन् । उनले भने ‘मलाई बस एउटा ट्यांक चाहिएको थियो । मैले धेरै समयदेखि कोसिस गरिरहेको थिएँ । यो ट्यांक मलाई निकै मन पर्यो । मैले किन्नुभन्दा पहिले यो ट्यांक एउटा मैदानमा ४० वर्षदेखि थन्किएको थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *