परमाणु वार्ता सुरु गर्नुभन्दा पहिले इरानले राख्यो शर्त

डिसी नेपाल
११ मंसिर २०७८ १५:२८

काठमाडौं। अष्ट्रियाको भियनामा परमाणु वार्ता फेरि सुरु हुँदैछ । यो वार्ता सुरु हुनुभन्दा पहिले इरानका विदेश मन्त्रीले आफ्नो देशमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन माग गरेका छन् । सोमबार अमेरिका र इरानबीच हुने यो अप्रत्यक्ष बैठकमा विश्वका अन्य प्रमुख र शक्तिशाली देश पनि सहभागीहुनेछन् । यो बैठकको उद्देश्य दुवै देशलाई २०१५ मा भएको सम्झौता अन्तर्गत ल्याउनु हो ।

वाशिङटनले २०१८ मा यो सम्झौता त्यागेको थियो । साथमा तत्कालीन ट्रम्प सरकारले इरानमाथि गम्भीर प्रतिबन्ध पनि लगाएको थियो । इरानका विदेश मन्त्रीहुसेन अमिराब्दोलाहियानले टेलिफोन वार्ताको क्रममा युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग भने ‘यदि विरोधी पक्ष आफ्नो दायित्वलाई पूरा गर्ने र हामीमाथि लगाइएका प्रतिबन्धलाई पूर्ण रुपमा हटाउनको लागि तयार छ भने यो राम्रो कुरा हो र हामी तुरुन्त सम्झौता गर्न सक्छौं ।’

इरानको मिडियाले हुसैनको हुवाला दिँदै इरानले राम्रो र प्रमाणिक सम्झौता चाहेको बताएका छन् । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले यही हप्ता तेहरानको यात्रापछि कैयौं मुद्दा अहिले पनि जस्ताको तस्तै कायमै रहेको बताएका थिए । अमिराब्दोलाहियानले इरान पूरै सद्भावनाको साथमा भियना वार्तामा सहभागी हुने विश्वास पनि दिलाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *