भारतले संसारकै धनी व्यवसायी एलन मस्कको कम्पनीलाई प्रतिबन्ध लगायो

डिसी नेपाल
११ मंसिर २०७८ १६:०७

काठमाडौं। भारत सरकारले शुक्रबार अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंकका सेवाहरुमाथि प्रतिबन्ध लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार केन्द्र सरकारले शुक्रबार बेलुकी एक बयान जारी गर्दै स्टारलिंकलाई नियमहरुको पालना गर्न निर्देशन दिइएको बताएको छ ।

बयानमा उल्लेख भए अनुसार स्टारलिंकलाई भारतका तत्काल लागू हुने गरी इन्टरनेट सेवाहरु बुक गर्ने र सेवा दिन रोक लगाइएको छ । स्टारलिंकले गएको १ नोभेम्बरमा भारतमा आफ्नो पंजीकरण गराएको थियो । त्यसपछि स्टारलिंकले आफ्ना विज्ञापनको प्रसारण एवं सेवाको बुकिङ सुरु गरेको थियो ।

स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सको एक विभाग हो जसले स्याटेलाइट इन्टरनेट उपलब्ध गराउँछ । तर, अहिलेसम्म यो कम्पनीले भारतमा व्यापार गर्नको लागि इजाजत पत्र पाएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *