भीम रावलले भने: निर्वाचन रोकेर धाँधली गर्न लागे

डिसी नेपाल
१२ मंसिर २०७८ १८:१२

चितवन। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १०औं महाधिवेशन प्रक्रियामा नजानु आपत्ति जनक रहेको बताएका छन् । नेता रावलले केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक तथा पार्टीको हितविरुद्धमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।’

एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *