हलमा नेतृत्वको नाम पेश हुनुअघि एमालेको अध्यक्ष मण्डल बस्दै

डिसी नेपाल
१२ मंसिर २०७८ २०:१६

चितवन। नेकपा एमालेको नयाँ नेतृत्वको घोषणा गर्नुअघि अध्यक्ष मण्डलको बैठक बसेको छ। अध्यक्ष केपी शर्मा ओलीले शीर्ष तहका नेताहरुसँग चरणबद्ध छलफलपछि बन्दसत्रमा सर्वसम्मत नेतृत्वको घोषणा हुन लागेको हो।

अध्यक्ष ओलीसँग छलफलपछि बाहिरिएका नेता प्रदिप ज्ञवालीले अध्यक्ष मण्डको बैठकपछि हलमा नाम पेश हुने बताए। यसअघि हलले दिएको म्याण्डेट अनुसार अध्यक्षले पेश गरेको नाममा महाधिवेशन प्रतिनिधिहरुको कस्तो प्रतिक्रिया आउँछ त्यस अनुसार प्रक्रिया अघि बढ्ने बताए।

ज्ञवालीले भने–हलको प्रतिक्रिया के हुन्छ त्यसपछि निर्वाचनमा जाने वा सर्वसम्मत चयन हुने भन्ने हुन्छ। नेताहरु विभिन्न लियरमा बस्नुभएकोले सर्वसम्मत पारित हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *