नेपाल प्रहरीको सहयोगमा सामग्री रसुवा पुग्यो

डिसी नेपाल
१२ मंसिर २०७८ २१:५७

काठमाडौँ ।नेपाल प्रहरीलाई चीन सरकारबाट प्राप्त सहयोग सामग्री रसुवागढी आइपुगेको छ । कोभिड सङ्क्रमण नियन्त्रण र अग्नि नियन्त्रणका सामग्री सहयोगस्वरूप प्राप्त भएको र काठमाडौँ लैजान भन्सार प्रक्रिया अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।

रसुवागढी आइपुगेको सामग्रीको भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेकाले दुई/चार दिनमा प्रक्रिया पूरा हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए। तीन दिनअघि नेपाल प्रहरीका नाउँमा रसुवागढी आइपुगेको ती सामग्री भन्सार जाँच पास गर्न अर्थ मन्त्रालयको आदेश पर्खाइमा रहेको भन्सार अधिकारीले बताएका छन् । चीन सरकारको सहयोगमा प्राप्त सामग्री करिब तीन टु टन (सानाखाले मिनी तीन ट्रक ) भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *