अध्यक्ष मण्डल बैठकमा, प्रतिनिधि मुक्तक गजल सुन्दै !

डिसी नेपाल
१२ मंसिर २०७८ २२:४२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल छलफलमा बसिरहदाँ महाधिवेसन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तक सुनेर बसिरहेका छन् ।

१२ घन्टा नाघिसक्दा पनि बन्द सत्र सुरू नभए पछि प्रतिनिधिहरू गीत, गजल र मुक्तक सुनेर बसिरहेका हुन् । पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल जारी छ ।

सौरहा, चितवनमा तीन दिन देखि जारी १० औं महाधिवेसनको तेस्रो दिन १२ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक जारी राखिएको हो ।

अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा,युवराज ज्ञवाली, शेरबहादुर तामाङसहित ११ जनाले छलफल गरिराखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *