कोभिडका कारण आफ्नो देशमा लगाएको यात्रा प्रतिबन्धप्रति दक्षिण अफ्रिकी राष्ट्रपतिको आपत्ति

डिसी नेपाल
१३ मंसिर २०७८ ८:२०

काठमाडौं । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै आफ्नो देश र अन्य छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाउने कदमविरुद्ध आपत्ति जनाएका छन् । उनले यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरुलाई आग्रह गरेका छन् ।

दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताउँदै उनले भने, ‘प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ ।’

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौ देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

हाल प्रचलनमा आइरहेका कोभिड खोपले नयाँ भेरियन्टलाई काम नगर्ने विज्ञहरुले बताउँदै आएका छन् । यसबारेमा विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले थप अनुसन्धान गरिरहेको छ ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट अन्य देशहरुमा पनि फैलिन थालेपछि विभिन्न देशले आफ्नो सीमा बन्द गरेका छन् । ओमिक्रोन अहिले भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत विश्वका विभिन्न देशमा भेटिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *