चीनले सीमामा मिसाइल र रकेट रेजिमेन्ट तैनाथ गर्दै, भारत चिन्तित

डिसी नेपाल
१३ मंसिर २०७८ ११:१५

काठमाडौं। वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पूर्वी लद्दाखमा चीनले आफ्नो सैन्य संरचनामा वृद्धि गर्ने क्रम तीब्र रुपमा अगाडि बढाएको छ । यसलाई लिएर भारतले चिन्ता व्यक्त गरेको छ । अंग्रेजी अखबार लाइभ मिन्टको रिपोर्टका अनुसार दुई देशबीच हालै भएको छलफलमा पूर्वी लद्दाख क्षेत्रमा भारतीय पक्षले चीनको सेनासँग यस विषयमा कुरा गरेको थियो ।

अखबारले सूत्रको हवाला दिँदै भनेको छ ‘एलएसीमा चीनले नयाँ निर्माण गरिरहेको छ जसमा बस्ने ठाउँ, सडक, नयाँ राजमार्ग समेत बनिरहेका छन् । यसका साथै उसले आफ्नो तर्फ मिसाइल रेजिमेन्ट समेत भारी हतियार तैनाथ गरेको छ । यही कारण भारतीय पक्ष धेरै चिन्तित छ । सूत्रका अनुसार सैन्य संरचनामा बढोतरी निकै महत्वपूर्ण छ जसमा हाइवेलाई फराकिलो पारिएको छ र नयाँ हवाइ पट्टी बनाइँदैछ । यी हवाइ पट्टीहरु मुख्य एयरबेस काशगर, गार गुंसा र होतनका भन्दा अलग छन् ।

सूत्रका अनुसार एउटा ठूलो हाइवे पनि बनाइँदैछ जसले एलएसीका चिनियाँ सेनाको कनेक्टिभिटीलाई अझै राम्रो बनाउनेछ । चीनले आफ्नो वायु र स्थल सेनाको लागि यस्ता संरचना बनाउने काममा पनि ध्यान केन्द्रित गरिरहेको छ जुन संरचनाले यसलाई दुर्गम क्षेत्रमा अमेरिकी र अन्य स्याटेलाइटबाट बचाउन सकुन् । यो कोसिस अन्तर्गत तिब्बत र यो क्षेत्रलाई बुझ्ने युवाहरुलाई भर्ती गर्ने प्रयास भइरहेको छ जसलाइ हान सुरक्षा बलसँग तैनाथ गरिनेछ ।

खासमा दुर्गम षेत्र भएका कारण चीनको मुख्य भूमिका मानिसहरुलाई यहाँ टिक्न निकै कठिन छ त्यसैले यहाँका मूल मानिसहरुलाई नै यहाँ तैनाथ गर्ने प्रयास भइरहेको छ । अघिल्लो जाडो यामसँग तुलना गर्ने हो भने यसपटक शेल्टर, रोड, कनेक्टिभिटी धेरै राम्रो छ र यहाँको जलवायुका विषयमा पनि उनीहरु धेरै अभ्यस्त छन् ।

तिब्बत स्वायत्त क्षेत्रमा चीनको सेना पिपुल्स लिबरेशन आर्मीले रकेट र मिसाइल रेजिमेन्ट तैनाथ गरेको छ । साथमा चीनले भारी संख्यामा ड्रोन पनि तैनाथ गरेको छ । यीमध्ये अधिकांश ड्रोन यस क्षेत्रमा निगरानीको लागि राखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *