खोलेको एक महिना नपुग्दै जापानले फेरि विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगायो

डिसी नेपाल
१३ मंसिर २०७८ ११:४१

काठमाडौं। कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टले विश्वलाई नै चिन्तित बनाएको छ । फ्रान्समा ओमिक्रोनका ८ जना शंकास्पद बिरामी भेटिएका छन् । क्यानडामा नाइजेरियाबाट फर्किएका २ जनामा ओमिक्रोन भेरिएन्टको पुष्टि भएको छ । बढ्दो केसहरुलाई दृष्टिगत गर्दै कैयौं देशहरुले परीक्षण र आइसोलेसन तीब्र पार्न आदेश दिएका छन् ।

बेलायत, श्रीलंका, माल्दिभ्स समेत कैयौं देशहरुले अफ्रिकी देशहरुमा यात्रा प्रतिबनध लगाएका छन् । अमेरिकाले पनि अफ्रिकी देशहरुमा पूर्ण रुपमा यात्रा प्रतिबनध लगाउने तयारीमा छ । जापानले भने ओमिक्रोन भेरिएन्टलाई दृष्टिगत गर्दै सबै विदेशीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

‘हामीले देशमा केसहरुको अवस्था खराब हुन नपाओस् भनेर आकस्मिक पूर्वसावधानीको रुपमा यस्तो कदम चाल्दैछौं’ जापानका प्रधानमन्त्री फुमियो किशिडाले भने । उनले यो प्रतिबन्ध मंगलबारबाट लागू हुने बताए । जापानले यही महिनाको सुरुमा छोटो समयका लागि व्यवसायिक भ्रमणका आउनेहरु, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश खुला गरेकोमा एक महिना नपुग्दै फेरि रोक लगाएको हो ।

प्रधानमन्त्री किशिडाले नयाँ ओमिक्रोन भेरिएन्टको बारेमा विस्तृत जानकारी नआउँदासम्म जनतालाई मास्क लगाउने र अन्य भाइरस प्रतिरोधी सावधानीहरु जारी राख्न आग्रह गरेका छन् । अन्य देशहरुले पनि पछिल्ला केही दिनमा सीमामा कडाइ गर्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *