मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

डिसी नेपाल
१४ मंसिर २०७८ १६:३४

काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावको मत विभाजन भने बुधबार बस्ने बैठकमा गराइने भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सदस्यहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

एमालेको १०औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मङ्गलबारको बैठक औपचारिकतामा सीमित भएको थियो । बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपनि प्रमुख प्रतिपक्ष अनुपस्थित भएकाले भोलिसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

अधिवेशन सकिएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोलिको प्रदेशसभा बैठकमा सहभागी हुने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *