राप्रपा महाधिवेशनः शुभकामना दिन प्रधानमन्त्रीदेखि राजनीतिक दलका प्रमुखसम्म (फोटो फिचर)
काठमाडौं।काठमाडौं। बुधवारबाट काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको उद्घाटन शत्रमा नेपालका प्रमुख दलका शिर्ष नेताहरु शुभकाकामना दिन अधिवेशन स्थलमा पुगेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल लगाएतका शिर्ष नेताहरु कार्यक्रम सभास्थलमा पुगेका छन्।
तीन दिन सम्म चल्ने यो अधिवेशनलाई एकताको अधिवेशन पनि भनिएको छ।यो पटक बर्तमान अध्यक्ष कमल थापालाई चुनौती दिदैँ महामन्त्री राजेन्द्र लिङदेनपनि अध्यक्षको मैदानमा उत्रिएका छन्।पार्टीका युवापंक्ति र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको साथ पाएका लिङदेन र थापाबीच कडा प्रतिस्पर्धा हुने जनाइएको छ।


No ads found for this position

डिसी नेपाल
Facebook Comment