ग्राहकका लागि अश्लील भिडियो खिच्दा झुक्किएर मोडलले आफ्नै गुप्तांगमा गोली हानिन्

डिसी नेपाल
१५ मंसिर २०७८ १५:०८

काठमाडौं। एउटी वेबक्याम मोडलले आफ्ना ग्रहकहरुको लागि अश्लील भिडियो रेकर्ड गर्ने क्रममा झुक्किएर आफ्नै गुप्तांगमा गोली हानेकी छिन् । अधिकारीहरुका अनुसार नोभेम्बर महिनाको सुरुवातमा भएको यो घटनाका बेला ती मोडल आफ्नो घरमा एक्लै थिइन् ।

अमेरिकाको जर्जिया राज्यको थोमास्टोनमा यो दुर्घटना भएलगत्तै नोभेम्बर ९ का दिन मध्यान्हभन्दा केही अगाडि पुलिसलाई खबर गरिएको थियो । सूचनापछि एक जना शेरिफका डेप्युटीघटनास्थल पुगेका थिए । त्यहाँ एक जना स्वास्थ्यकर्मी अनलोड गरिएको ह्याण्डगन र प्रयोग गरिएको गोलीको खोखाको साथमा थिए । उनले पुलिसलाई ती महिलाले आफ्नो गुप्तांगमा झुक्किएर आफैं गोली हानेको बताए ।

डेलीस्टारका अनुसार ती मोडलको नाम लरेन हन्टर ड्यामान हो । २७ वर्षकी उनी घटनाका बेला आफ्नो बेडरुममा एक्लै भएको विश्वास गरिएको छ । त्यही घरमा बस्ने जोर्डन एलेनले बन्दुक आफ्नो भएको बताएका छन् । उनले किचनमा हुँदा बन्दुक पड्किएको सुनेपछि दौडिएर घटनास्थल गएको बताएका छन् ।

एलेनका अनुसार ती मोडलको च्याटर भन्ने अश्लील वेब प्लेटफर्ममा सब्सक्राइकरहरु छन् । उनले ती सब्सक्राइकरको लागि भिडियो बनाउँछिन् र ती भिडियो हेर्न पैसा तिर्नुपर्छ । त्यही घरमा बस्ने अर्का व्यक्ति एडी रुथ जोन्सनले पनि महिलाले आफैंलाई गोली हानेको पुष्टि गरे । गोली चल्दा ती महिला लाइभ थिइन् वा उनले पछि अपलोड गर्नको लागि भिडियो रेकर्ड गरिरहेकी थिइन् भन्ने स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *