आइजीपी भन्दा एसएसपी बलिया

डिसी नेपाल
१५ मंसिर २०७८ २०:२८

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहको पहिलो पटक कात्तिक १० मा भैरहवा विमानस्थल प्रमुखका रुपमा सरुवा भयो । गृह मन्त्रालयले कात्तिक १० मा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपीको काज सरुवा गरेको थियो । एसएसपी सिंहलाई काठमाडौंबाट हटाएर एसएसपी सुदीप गिरीलाई काजमा लगिएको थियो ।

तर, रातारात एसएसपी सिंहको सरुवा रोकियो । एक वर्ष नपुग्दै काज सरुवा गरिएको भन्दै उनको सरुवालाई शक्ति केन्द्रबाट रोकियो । एसएसपी सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका एसएसपी गिरीलाई सरुवा गरिएको थियो ।

त्यस्तै, एसएसपी अशोक सिंहलाई भैरहवा विमानस्थलामा सरुवा गरेपछि उनले गृहमन्त्रालय र प्रहरी प्रधानकार्यालय दुवैलाई छलेर आफ्नो सरुवा रोकाए । एसएसपी सिंहले काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेको मंसिर ८ मा एक वर्ष पुग्यो ।

कात्तिक १० मा सरुवा हुँदा उनको एक वर्ष पुगेको थिएन तर मंसिर १३ अर्को सरुवा निस्कियो तर सिंहको नाम सरुवा सूचीमा अटाएन । मंसिर १३ अघि नै ललितपुर प्रहरी परिसर प्रमुख किरण बज्रचार्यको सरुवा भयो । मंसिर ८ मै सिंह र बज्राचार्य सरुवा भएको एक वर्ष भएको थियो । तर बज्राचार्य लगायत अर्जुन चन्द ठकुरी, मोहनप्रसाद पोखरेल, यज्ञविनोद पोखरेलको सरुवा भयो ।

तर सिंह काठमाडौ परिसरमै रहे । काठमाडौ परिसरमा धेरै प्रहरी अधिकृतहरुको रोजाइको केन्द्र हो । त्यहाँको प्रमुख हुन धेरै प्रहरी अधिकारीहरुले शक्ति केन्द्रमा दौडधुप गर्छन । अहिले पनि प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर, सुदीप गिरी लगायतका अधिकारीहरुले आँखा लगाएका छन् । प्रहरी अधिकृतहरुको एक पटक भए पनि काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने महत्वकांक्षा राखेका हुन्छन् ।

चुनौती र अवसर दुवैको हिसाबले काठमाडौंलाई लिने गर्दा प्रहरी प्रधानकार्यालय र गृहमन्त्रालयबीच यही विषयमा खटपट समेत उत्पन्न हुने गरेको छ । यसपटक गृहमन्त्रालय र वालुवाटारले जे भन्छ प्रहरी प्रधानकार्यालयले त्यही गर्ने गरेको छ ।

‘ प्रधानमन्त्रीको नीजि सचिवालय र गृहमन्त्रीको सचिवालयबाट जस्तो सूची आउछ त्यही नै मानवस्रोत विभागले कायान्वयन गर्ने गरेको छ यसमा आइजीपीले थाहै पाउदैनन’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । अहिले काठमाडौ परिसरका लागि एसएसपी गिरीको दुई पटक सरुवा भैसक्यो ।

पूर्व प्रधानन्याधीश केदारप्रसाद गिरीका छोरा रहेका सुदीपलाई गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौ परिसर पठाएका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले सिंहको त्यही थमौति गरिदिए । यसमा प्रहरी महानीरिक्षक मुकदर्शक मात्रै बने । आफू मातहतका कर्मचारीहरुले राजनीतिक शक्ति केन्द्रको आडमा चलखेल गर्दा पनि उनी मौन बसेका छन् ।

प्रहरी नियमावली अनुसार सामान्यता कुनै पनि कारबाहीमा नपरेको खण्डमा एक वर्षसम्म सरुवा गर्ने गरिँदैन । कात्तिक १० को सरुवालाई सबैले एक वर्ष पनि नपुग्दै र एक जनामात्र एसएसपीको काज सरुवाले प्रहरी प्रधान कार्यालयमाथि गृह मन्त्रालको नेतृत्व हाबी भएको प्रहरीभित्र चर्चा चलेको थियो ।

अहिले समकालीन एसएसपीको सरुवा भैसक्दा पनि उनको सरुवा भएको छैन । मंसिर १३ गते कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसएसपी अर्जुनचन्द्र ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा, प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग वृत्ति विकास महाशाखामा कार्यरत यज्ञ विनोद पोखरेलको महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भयो ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय अपराज निण्यन्त्रण तथा अनुसन्धान महाशाखामा कार्यरत एसएसपी मोहनप्रसाद पोख्रेलको बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली र दुइ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा शान्ती सुरक्षा महाशाखामा कार्यरत दिपक थापाको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग वृत्ति विकास महाशाखामा सरुवा भयो । यसमध्ये एसएसपी थापाको भने एक वर्षमा दुई पटक काज सरुवा भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *