छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभाेर्स
कायराे। छिमेकीकाे लुगा चाेरेकाे आराेप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन्। समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाकाे दिन छिमेकीकाे लुगा मागेर घुम्न गएकी थिइन्। तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनकाे पति उनीसँग अागाे बनेका थिए।
लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन्। लामाे समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासाे गरेकी थिइन्। आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन्। ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन्। बरु उल्टै कुटिन्।’, उनका पतिले भने ।
पत्निलाई छिमेकीकाे लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदकाे निर्णयमा पुगेकाे उनले बताएका छन् । ‘ सम्बन्धबिच्छेद गर्नुअघि मैले उनकाे परिवारसँग पनि सल्लाह मागेकाे थिए ‘, उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment