चिहान खनेर साथीको लाश निकाले, मोटरसाइकलमा हालेर सहर घुमाए, यस्तो थियो कारण

डिसी नेपाल
१९ मंसिर २०७८ १२:४४

काठमाडौं । दक्षिण अमेरिकी देश इक्वाडोरमा मानिसहरु त्यतिबेला आश्चर्यमा परे जब एउटा समूहले आफ्ना एक साथीको लाश मोडरसाइकलमा लिएर सहर घुमिरहेको देखियो । यी साथीहरुले आफ्ना साथीको लाश चिहान खनेर बाहिर निकाले । त्यसपछि लाशलाई मोटरसाइकलमा राखे र सडकमा घुम्न निस्किए । यो दृश्य देख्ने जो कोही आश्चर्यमा परे ।

डेलीस्टारको रिपोर्टअनुसार २१ वर्षका एरिक सडेनो नामका युवकको हालै मृत्यु भएको थियो । त्यतिबेला एरिकका साथीहरु उनको अन्तिम संस्कारमा आउन पाएका थिएनन् । मृतक एरिक सडेनोलाई बाइक राइड निकै मन पर्थ्यो । यही कारण उनका साथीहरुले यस्तो विचित्रको काम गरे । उनीहरुले एरिकको शव चिहान खनेर निकाले र उनको बाइक राइडको चाहना पूरा गरे । यसो गर्नको लागि मृतकका परिवारको अनुमति लिइएको थियो । शवलाई बाइकमा राखेर राइड गराइयो । मानिसहरुले यसको फोटो र भिडियो खिचे ।

रिपोर्टका अनुसार सडकमा करिब ७ जनाको एक समूह बाइकमा लाश लिएर सडकमा निस्किएका थिए । एउटा बाइकमा तीन जना बसेका थिए । उनीहरुको बीचमा शव राखिएको थियो । यी साथीहरुले आफ्ना मरेका साथीको अन्तिम इच्छा पूरा गरिरहेका थिए । उनीहरुले चिहानमा मदिरा पनि छर्किएका थिए । स्थानीय मिडियाका अनुसार इक्वाडोरमा यस प्रकारको यो पहिलो घटना हो । कोरोना संकटका बीच यसरी लाश निकालेर सार्वजनिक रुपमा घुमेकोप्रति प्रश्नहरु पनि उठेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *