एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश

डिसी नेपाल
१९ मंसिर २०७८ २०:०३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ ।

न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर गरेको मुद्दा सुनुवाई गर्दै अन्तरिम जारी गरेको उच्च अदालत पाटनकी उप-रजिस्टर अमृता भण्डारीले जानकारी दिइन् ।

योसँगै एनआरएनएको वर्तमान कार्यसमितिलाई चुनाव गराउन बाटो खुलेको छ । यसअघि परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

परराष्ट्र मन्त्रालयले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रिया संरक्षक समितिबाट गर्नुपर्ने निर्देशनसहितको पत्र पठाएको थियो । त्यसलाई चुनौति दिँदै एनआरएनए अध्यक्ष कुमार पन्तले अदालतमा मुद्दा दायर गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *