नेता परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिने

डिसी नेपाल
२१ मंसिर २०७८ १३:२१

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।मंगलबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका छन्।‘हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ’,उनले भने।परियार दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहिसकेका नेता हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *