अपांगता तर्फबाट केन्द्रीय सदस्यको उम्मेदारी दिने,प्रकाश पन्थकाे घाेषणा

डिसी नेपाल
२१ मंसिर २०७८ १३:४४

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेता प्रकाश पन्थले केन्द्रीय सदस्य पदका उम्मेदारी दिने घोषणा गरेका छन्।मंगलबार उनले एक प्रेस विज्ञप्ती सार्वजानिक गर्दै (अपांगता) तर्पबाट उम्मेदारी दिने जनाएका छन्।

कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्य समेत रहेका पन्थले अपांगता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिको लड़ाईलाई टुंगोमा पूर्याउन आफ्नो उम्मेदारी रहेको बताएका छन्।उनले,मानवअधिकार र सामाजिक न्यायका लागि लड्दै समावेशी युवामैत्री प्रविधियुक्त ‘स्मार्ट कांग्रेस’ बनाउने प्रतिबद्धता समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *